स्व.खुमबहादुर खड्कालाई दाङ कांग्रेसले सम्झियो (तस्वीर)
घोराही । नेपाली कांग्रेस दाङले स्वर्गीय खुमबहादुर खड्कालाई उनकै गाउँमा विशेष कार्यक्रममार्फत स्मरण गरेको छ ।
देउखुरीस्थित सत्बरियामा नेपाली कांग्रेस जिल्ला कार्यसमिति दाङले स्वर्गीय खुमबहादुर खड्काको प्रथम वार्षिक पून्यतिथिका अवसरमा कार्यक्रम राखेको सचिव शंकर डाँगीले जानकारी दिए ।
कार्यक्रम नेपाली कांग्रेस दाङका जिल्ला सभापति कीर्तिबहादुर खड्काको सभापतित्वमा सम्पन्न भएको थियो ।
सोही कार्यक्रममा राप्ती मावि लमही ८ सत्बरियाको विद्यालयमा स्वर्गीय खुमबहादुर खड्काको नामबाट गरिव तथा जेहेन्दार विद्यार्थीका लागि अक्षय कोष स्थापना गरिएको छ ।
दुई लाख रुपियाँलाई अक्षय कोष बैंकमा राखेर त्यसबाट आउने व्याज गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ती प्रदान गरिनेछ ।
कार्यक्रममा नेपाली कांग्रेस दाङका नेताहरूले स्वर्गीय खुमबहादुर खड्काको अभाव खड्किएको बताए ।
‘खुमबहादुर खड्का रहँदा दाङको विकास र नेपाली कांग्रेसमा अर्कै खालको माहोल थियो’, नेताहरू भने, ‘विकास प्रेमी नेता स्वर्गीय खुमबहादुर खड्का जस्तो नेता दाङले तत्काल पाउन नसक्ने बताए ।’
स्वर्गीय खुमबहादुर खड्काकी पत्नी एवम् कांग्रेस केन्द्रीय सदस्य शिला गौतम खड्काले कांग्रेसलाई स्वर्गीय खुमबहादुर खड्काको अभाव रहने बताइन् । शिला पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएकी हुन् । यसअघि उनी कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएकी थिइनन् ।
नेपाली कांग्रेसका नेता कृष्णकिशोर घिमिरले स्वर्गीय खुमबहादुर खड्कासँग बिगतका स्मरणहरू सुनाए ।
राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले स्वर्गीय खुमबहादुर खड्काले दाङको विकासमा दिएको योगदानलाई दङ्गाली जनताले भुल्न नसक्ने बताइन् ।
नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजु खनालले खुमबहादुर खड्काले कांग्रेस र देशको विकासमा गरेको योगदानले उहाँलाई जीवित तुल्याइदिएको बताए ।
‘खुमबहादुर खड्का दाङको मात्रै नेता हुनुहुन्नथियो’, उनले भने, ‘उहाँले देशभरिका कांग्रेसका कार्यकर्तालाई बराबरी देख्नु हुन्थ्यो । विकासका कार्यक्रम पनि सबैलाई दिनु हुन्थ्यो ।’
प्रथम वार्षिकी तथा पून्यतिथिको कार्यक्रममा स्वर्गीय खड्काकी पत्नी शिला खड्का, दाङ कांग्रेसका नेताहरू कृष्णकिशोर घिमिरे, अनिता देवकोटा, राजु खनाल, योगेन्द्र चौधरी, सुशीला चौधरी, गेहेन्द्र गिरी, घनश्याम रेग्मी, मोहनलाल ओली, बुद्धिराम भण्डारी, किरणकिशोर घिमिरे, अर्जुन श्रेष्ठ, कमानसिंह भारती, टेकबहादुर ओली, भरतबहादुर न्यौपाने, कमलकिशोर घिमिरे, भुपबहादुर डाँगी, हरि रजौरे, देविका नेपाली, स्वर्गीय खुमबहादुर खड्काका छोरा अनुराग खड्कालगायत झण्ड एक हजारको उपस्थिति रहेको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत