काठमाडौं तरुणको वनभोजमा नेताहरूलाई सम्मान, अधिनायकवादविरुद्ध लड्ने प्रतिवद्धता (तस्वीर)
काठमाडौं । नेपाल तरुण दल जिल्ला कार्यसमिति काठमाडौंले तरुण युवाहरूको पुनर्मिलन कार्यक्रमको आयोजना गरेको छ ।
काठमाडौंको दक्षिणकालीमा शनिबार वनभोज कार्यक्रम राखेर पुराना, अग्रज र राजधानीमा उपलब्ध तरुण युवाहरूलाई सम्मान गरिएको हो ।
तरुण दल काठमाडौंका अध्यक्ष कृष्णजी खड्काका अनुसार युवा तरुणहरूबीच लामो समयदेखि अनौपचारिक रुपमा कुराकानी नभएको भन्दै तरुण दलका नेताहरूको भेटघाट र सम्बन्ध अझै प्रगाढ बनाउन पुनर्मिलन कार्यक्रम राखिएको जानकारी दिए ।
वनभोज र पुनर्मिलन कार्यक्रममा सहभागी भएका अग्रज तरुण नेताहरूलाई तरुण दल काठमाडौंका अध्यक्ष खड्काले माला र खादा लगाइदिएर स्वागत गरेका थिए ।
वनभोज तथा पुनर्मिलन कार्यक्रममा सहभागी नेताहरूले कम्युनिस्ट सरकारले अधिनायकवादी चरित्र देखाइरहेका बेला काठमाडौं तरुणले अत्यन्तै राम्रो काम गरेको बताए ।
उनीहरूले आवश्यक पर्दा युवा तरुणहरूले कम्युनिस्ट सरकारलाई घुँडा टेकाउन तयार रहेको चेतावनी दिएका थिए ।
पुनर्मिलन तथा वनभोज कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, बालकृष्ण खाँण, सुरेन्द्रराज पाण्डे, भीमसेनदास प्रधान, उदयशम्शेर राणा, जन्मजय तिमल्सिना, जितजंग बस्नेत, भुपेन्द्रजंग शाही, सोलुखुम्बु तरुण दलका अध्यक्ष अशोक झासहित झण्ड एक हजार युवा तरुणहरूको सहभागिता रहेको थियो ।






फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत