मन्त्रीद्वय ज्ञवाली-विष्टको जिल्लामा कांग्रेसद्वारा क्लीन स्वीप, कम्युनिस्टहरू हेरेको हेरै

तम्घास । नेपाल उद्योग वाणिज्य संघ गुल्मीमा नेपाली कांग्रेस निकटको लोकतान्त्रिक प्यानलले सत्तारुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रगतिशीत प्यानललाई हराएको छ ।

आइतबार बिहान सार्वजनिक गरिएको मत परिणामअनुसार कांग्रेस निकटका श्रीप्रसाद भलामी नेतृत्वको प्यानलले क्लीन स्वीप गरेको हो । सबै पदाधिकारी र सदस्यहरूमा कांग्रेस निकटका उम्मेदवारहरू विजयी भएको नेपाली कांग्रेस गुल्मीका सभापति भुवन श्रेष्ठले जानकारी दिए ।

नेकपाका उम्मेदवारहरूले कुनै पनि पदाधिकारी र सदस्य जित्न सकेनन् । अलोकप्रिय बन्दै गएका कम्युनिस्टहरूलाई नेपाली कांग्रेसका उम्मेदवारहरूले पराजित गरिदिएका छन् ।

निर्वाचित हुनेमा उपाध्यक्षमा ईश्वरीप्रसाद पौडेल, मृगेन्द्रप्रसाद श्रेष्ठ र रामप्रसाद पन्थी रहेका छन् । महासचिवमा ताराप्रसाद भुसाल, सचिवमा राजकुमार कक्षपति, कोषाध्यक्षमा ईश्वरी बेल्वासे, सहकोषाध्यक्षमा मनिराम अर्याल निर्वाचित भएका छन् ।

सदस्यहरूमा गणेश पाण्डे, गोपाल भुसाल, विष्णुप्रसाद अधिकारी, ईश्वरी कँडेल, चेतनारायण पाण्डे, निरोज मरासिनी, अर्जुन कार्की, निर्मला केसी, शिला श्रेष्ठ र ज्ञानहरि सापकोटा निर्वाचित भएका छन् ।

नेकपा निकटका उम्मेदवारहरू झण्डै एक सय ५० मतको अन्तरले पराजित भएका छन् ।

गुल्मी जिल्लाबाट एमाले पृष्ठभूमि भएका प्रदीप ज्ञवाली र गोकर्ण विष्ट प्रतिनिधि सभामा निर्वाचित भएका छन् । उनीहरू दुबै मन्त्री छन् । ज्ञवाली र विष्टले नेकपाका उम्मेदवारहरूलाई विजयी गराउन ठूलो खेलोफड्क गरेका थिए ।

नेपाली कांग्रेसका युवा नेता चन्द्र भण्डारीको गृहजिल्ला गुल्मीमा कांग्रेस निकटका उम्मेदवारहरूले कम्युनिस्टहरूलाई हराएर कांग्रेसको झण्डाको शान राखेका छन् ।

पूरै प्यानलको जित भएपछि प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष श्रीप्रसाद भलामीले उद्योग वाणिज्य संघमा कांग्रेस निकटको समूह विजयी भएपनि आफूहरूमा उन्माद नभएको बताएका छन् । उनले सबैलाई मिलाएर उद्योग, व्यवसायहरूको हकहितका लागि काम गरिने बताए ।

उनले मुलुकमा कम्युनिस्टहरूको दुई तिहाइको दम्भका कारण पलाएको अधिनायकवादबाट व्यवसायी र उद्योगीहरू पनि समस्यामा परेको बताएका छन् ।

Published : Sunday, 2019 March 24, 10:33 am

1 प्रतिकृया प्राप्त “मन्त्रीद्वय ज्ञवाली-विष्टको जिल्लामा कांग्रेसद्वारा क्लीन स्वीप, कम्युनिस्टहरू हेरेको हेरै”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया