कांग्रेस नेता सिटौलाको स्वास्थ्यमा सुधार, भेट्न पुगे नेताहरू
काठमाडौं । अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको स्वास्थ्यमा क्रमिक सुधार भएको छ ।
काठमाडौंको मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा शुक्रबार साँझ भर्ना भएका सिटौलाको रगतमा हेमोग्लोबिनको मात्रामा कमी भएको थियो । उनको ब्लड प्रेसर पनि कम भएको थियो ।
नेता सिटौला अस्पताल भर्ना भएपछि शुभेच्छुक र पार्टीका नेताहरूले अस्पतालमै पुगेर स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।
शनिबार कांग्रेसका महामन्त्री डा.शशांक कोइराला, नेता प्रकाशमान सिंह, दिलेन्द्र बडू, पुष्पा भुसालसहितका नेताहरू अस्पताल पुगेर सिटौलाको स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् ।
कांग्रेस नेता सिटौलालाई आइसियुमा राखेर उपचार गरिएको छ । चिकित्सकहरूले सिटौलाको स्वास्थ्यलाई लिएर चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । सिटौलालाई केही दिन अस्पतालमा राखेर उपचार गराइनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत