कांग्रेसका सांसद डा.सिंह र प्रध्यापक जोशीबीच विवाह
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद डा. अमरेशकुमार सिंहले विवाह गरेका छन् ।
डा.सिंहले शनिबार ललितपुरको बगलामुखी मन्दिरमा प्रध्यापक लक्ष्मी जोशीसँग विवाह गरेका हुन् । दुबैको यो दोस्रो विवाह हो ।
सर्लाही मूलघर भएका सिंहले कञ्चनपुर घर भएकी जोशीसँग विवाह गरेको आफन्तले जनाएका छन् ।
त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गराउँदै आएकी थिइन् । पहिलो घर बिग्रिएपछि एक दशकदेखि जोशी एक्लै बस्दै आएकी थिइन् ।
लक्ष्मी र डा.सिंहबीच केही वर्षअघि चिनजान भएको थियो । पछि उक्त चिनजान मित्रतामा रूपान्तरित भएको र अहिले मित्रता वैवाहिक जीवनमा बदलिएको छ ।
सांसद डा.सिंहको यसअघि २०६४ सालमा झापाकी एक युवतीसँग विवाह भएको थियो ।
ती युवतीसँगको वैवाहिक जीवन चल्न नसकेपछि २०६७ सालमा उनीहरूको सम्बन्ध बिच्छेद भएको थियो ।
सांसद डा.सिंह विगत नौ वर्षदेखि एकल जीवन बिताउँदै आएका थिए ।
डा.सिंह र जोशीको वैवाहिक कार्यक्रममा दुबैको परिवारबाट सीमित व्यक्तिहरूको मात्रै सहभागिता रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत