रविन्द्र अधिकारीलाई चोख्याउने अधिकार ओलीलाई छैनः डा.शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वाईड बडी खरिद प्रकरणमा रविन्द्र अधिकारी निर्दोष छन् भन्ने अभिव्यक्ति दिएर कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले सर्वसत्तावादी शासन व्यवस्थाको झल्को दिएको बताएको छ ।
‘रविन्द्र अधिकारीको अन्त्यष्टि नहुँदै उनी निर्दोषी भनेर फैसला गर्ने प्रधानमन्त्री न्यायाधीश हो ? त्यो अधिकार उहाँलाई कसले दियो ?’, डा.कोइरालाले भने, ‘चाहे जतिसुकै ठूला नेता हुन् वाइड बडी, बुडीगण्डकी अथवा एनसेल प्रकरणमा दोषी छ भने कानूनी कठघरामा ल्याइनुपर्छ । पदमा बसेको व्यक्तिले जथाभावी जे मन लाग्यो त्यो बोल्दै हिंड्न मिल्दैन ।’
प्रजातन्त्रवादी प्राध्यापक संघ गण्डकी प्रदेसले पोखरामा शुक्रबार आयोजना गरेको ‘समसामयिक राजनीतिमा देखापरेका जटिलता र निराकारणका उपाय’ विषयक अन्तरक्रियालाई संबोधन गर्दै डा.कोइरालाले समयमै पार्टीको १४औं महाअधिवेशन गरिनुपर्ने बताए ।

उनले महाधिवेशन गर्न जति ढिला गर्यो त्यति कांग्रेस कमजोर हुने बताए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले बिधान अनुसार हिंड्न नसकेकाले पार्टी संकटमा पुगेको बताए ।
घिमिरेले ३२ वर्षे उमेर हद लगाएर नेबिसंघको केन्द्रीय समिति बनाईनुपर्ने बताए ।
कार्यक्रममा कांग्रेस पूर्व आमन्त्रित केन्द्रीय सदस्य शुक्रराज शर्मा, पूर्वमन्त्री यज्ञबहादुर थापा, सांसद लालकाजी गुरूङ, कास्की कांग्रेसका नेताहरू देवराज चालिसे, सोभियतबहादुर अधिकारी, शारदा पौडेल, सुदीपमोहन भट्टराई, प्रा.डा.कुश्माकर न्यौपाने लगायतले मन्तब्य राखेका थिए ।

उनीहरूले कम्युनिष्टको अधिनायकवादविरुद्ध कांग्रेसले सडकबाट प्रतिकार गर्ने बेला आएको बताए । ‘कम्युनिस्टहरूले जनताले दिएको दुई तिहाइको मताधिकारलाई दुरुपयोग गर्दै छन्’, नेताहरूले भने, ‘कम्युनिस्ट सरकारको अधिनायकवादलाई रोक्न कांग्रेसले सडकबाट सशक्त प्रतिकार गर्नुपर्छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत