कांग्रेसको १४औँ महाधिवशनमा सभापतिमा उठ्छुः गगन थापा
गोरखा । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता गगन थापाले पार्टी यूवा पुस्ताले हाँक्ने बेला आएको बताएका छन् ।
नेपाल प्रेस युनियन गोरखाले आइतबार गोरखामा गरेको पत्रकार सम्मेलनमा थापाले पहिलो पुस्ताका नेताले अहिलेसम्म गरेको योगदानलाई सम्मान गर्नुपर्ने बताए । पहिलो पुस्तालाई अभिभावक मानेर अब पार्टी नेतृत्व लिन यूवा नेता सक्षम भइसकेको थापाले बताएका छन् ।
उनले भने, ‘कथाले मागे १४ औं महाधिवेशनमा सभापति उठ्छु ।’
पहिलो पुस्ताले नेतृत्व गर्दा कांग्रेस तालको जमेको पानीजस्तो भएको उनले बताए ।
‘पहिलो पुस्ताले पार्टी हाँक्दा जमेको पानीजस्तो भयो’, थापाले भने, ‘पार्टीलाई नदीझैं बगाउन युवाले नेतृत्व लिनुपर्छ ।’
आफूले पार्टीको नेतृत्व लिने चाहना भए पनि कार्यकर्ताले जिम्मेवारी दिनेरनदिने त्यसमा निर्भर रहने उनले बताए ।
‘पार्टीले के भन्छ, कार्यकर्ता के चाहन्छन् म उहाँहरूको चाहना अनुसार नै अघि बढ्छु’, युवा नेता थापाले भने, ‘केन्द्रीय सदस्य मात्रै, महामन्त्री या सभापति जे भन्नुहुन्छ त्यहीमा म तयार छु ।’
यसअघि २०७२ मा भएको १३ औं महाधिवेशनमा थापा महामन्त्री उम्मेदवार बनेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत