कम्युनिस्ट सरकार मात्तिन थाल्यो भने कांग्रेसले सहि ठाउँमा ल्याउने
काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले कम्युनिस्ट सरकार विरोधी कार्यक्रम सफल भएको भन्दै आगामी दिनमा सत्ता पक्षको व्यवहारअनुसार अगाडि बढ्नुपर्ने बताएका छन् ।
ललितपुरको सानेपामा शनिबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बोल्न नेताहरुले खड्गप्रसाद ओली नेतृत्वको सरकार अनुदारवादी बन्दै गएको बताएका हुन् ।
उनीहरुले सरकारको व्यवहार लोकतान्त्रिक र संविधानअनुसारको हुनुपर्ने भन्दै कांग्रेसले सचेत गराउनुपर्ने बताएका छन् ।
हालै सम्पनन महासमिति बैठकले दिएको म्याण्डेटअनुसार कांग्रेसको विधानलाई परिमार्जन गर्न पनि नेताहरुले सुझाव दिएका छन् ।
नेताहरुको सुझावअनुसार कांग्रेसको विधानलाई संविधानअनुसारको बनाउनुपर्ने उल्लेख गरेका छन् ।
यसैबीच नेपाली कांग्रेसले प्रजातन्त्र सेनानी एवं २००७ सालका योद्धा श्रीराम उपाध्यायको निधन भएकोमा शोक प्रस्ताव पारित गरेको छ ।
‘प्रजातन्त्र सेनानी एवं २००७ सालमा वीरगञ्ज संघर्षका योद्धा पर्साका श्रीराम उपाध्यायको माघ १४ गते र पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिका वडा नं. ७, साविक आङसाराङ गाउँ कार्यसमितिका सभापति डिल्लीकुमार आङ्गदेम्वेको माघ २३ गते हुन गएको निधनप्रति केन्द्रीय कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ’, नेपाली कांग्रेसले भनेको छ ।
बैठक माघ २८ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा पुनः बस्नेछ ।
बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरु बलबहादुर केसी, डा.नारायण खड्का, फरमूल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, डा.शेखर कोइराला, डा.चन्द्रकान्त भण्डारी, शंकर भण्डारी, गगनकुमार थापा, गुरुरराज घिमिरे, कल्याणकुमार गुरुङ, रामकृष्ण यादव, हृदयराम थानी र बीरबहादुर बलायरले आ–आफ्नो धारणा राखेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत