कम्युनिस्ट सरकारले कांग्रेसलाई फेरि आक्रोशित बनायो
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले अधिनायकवाद उन्मुख वर्तमान कम्युनिष्ट सरकारको असक्षमताका कारण मुलुकमा अराजकता बढ्दै गएको जनाएको छ ।
कांग्रेसले मंगलबार विज्ञप्ति जारी गरेर मुलुकमा बढ्दै गएको हत्या, हिंसा, बलात्कार, महंगी, चरम भ्रष्टाचारका अतिरिक्त संविधान, संघीयता र संसदीय व्यवस्थाको मर्म र भावना विपरीतका क्रियाकलापहरुको विरुद्धमा नेपाल विद्यार्थी संघले देशव्यापी रुपमा आन्दोलन गरिरहेको जनाएको छ । नेविसंघमाथि व्यापक रुपमा भैरहेको दमन रोक्न र पक्राउ परेका नेता तथा कार्यकर्ता विनासर्त छाड्न नेपाली कांग्रेसले चेतावनी दिएको छ ।
कांग्रेसले पोखरामा भएको विरोध प्रदर्शनमा विद्यार्थी नेताहरु पर्शुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई झुट्टा मुद्दामा फसाएर थुनामा राखेको घटनालाई लिएर सरकारको विरोध गरेको जनाएको छ ।
कांग्रेसले गिरफ्तार विद्यार्थी नेताहरुको रिहाईको माग गर्दै वानेश्वरमा गरिएको शान्तिपूर्ण मंगलबारको प्रदर्शनमा नेपाल विद्यार्थी संघका नेताहरुलाई पक्राउ गरेको घटनाप्रति आक्रोश जनाएको छ ।
केन्द्रीय अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष नवीन राई, विदेश सल्लाकार डम्वर सुनार, केन्द्रीय सदस्य प्रेम शाही, युनिभर्सल क्याम्पस इकाईका अध्यक्ष शंकर खड्का, मिनभवन क्याम्पसका पूर्वइकाई अध्यक्ष सरोज तिमिल्सिना, जनआर्दश क्याम्पसका स्ववियु सभापति निराजन नेपाल, आरआर क्याम्पसका पूर्वइकाई अध्यक्ष सञ्जीव ढकाल र पूर्वकोषाध्यक्ष रविन के.सी., सञ्जीव खड्का, सागर पाण्डे, हृदयराज मिश्र, सुनिल सोडारी, तपेन्द्र बुढा, सुवास अधिकारी, सुरज सैँजुवाल, अशोक सिंह विष्ट, अनुराग शाह, जेम सिंह राई, रोहित नेपाललाई छाड्न कांग्रेसले माग गरेको छ ।
कांग्रेसले पक्राउ परेका विद्यार्थी नेताहरुलाई महेन्द्र पुलिस क्लव, महानगरीय प्रहरी वृत गौशाला र अनामनगरमा राखिएको जनाएको छ ।
पोखरामा भएको मंगलबार भएको प्रदर्शनमा नेविसंघका केन्द्रीय सदस्य भानु ढकाल, सागर सापकोटा, गोविन्द नेपाली, विधान लामिछाने लगायतका विद्यार्थी नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको जनाएको छ ।
‘शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको नैसर्गिक अधिकार माथि वर्तमान सरकारले ठाडो हस्तक्षेप गरेको छ’, कांग्रेसले भनेको छ, ‘यस घटनाले सरकारको अधिनायकवादी र सर्वसत्तावादी चरित्र उदाङ्गो बनाएको छ । यस घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दै गिरफ्तार गरिएका सबै विद्यार्थी नेताहरुको तुरुन्त रिहाई गर्न नेपाली कांग्रेस सरकारलाई चेतावनीका साथ आग्रह गर्दछ ।’
1 प्रतिकृया प्राप्त “कम्युनिस्ट सरकारले कांग्रेसलाई फेरि आक्रोशित बनायो”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

सान्ती जुलुस धर्ना हुदाहुदै पनि सरकारले पुलिस लगाएर अराजकता देखाएको छ।