भेनेजुएला काण्डमा कांग्रेसले दियो कम्युनिस्ट सरकारभन्दा फरक धारणा
काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले अमेरिकाको कदमको विरोध गरिरहेका बेला प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भेनेजुएलाको संकटमा अमेरिकाको पक्ष लिएको छ ।
सिंहदरबारमा आइतबार बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले सरकार र नेकपाको भेनेजुएलासम्बन्धी वक्तव्यले अमेरिकासँगको सम्बन्धमा असर परेको भन्दै आलोचना गरेको छ ।
बैठकपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जारी गरेको प्रेश विज्ञप्ति गरेर कम्युनिस्ट सरकार र नेकपाको वक्तव्यलाई अपरिपक्व र राष्ट्रिय स्वार्थ विपरीत भनेको बताएका छन् ।
‘यस्तो असंवेदनशील,अपरिपक्व र राष्ट्रिय स्वार्थप्रति उदासीन कार्यप्रति नेपाली कांग्रेस संसदीय दलको बैठक आपत्ति प्रकट गर्दछ’, नेपाली कांग्रेसले भनेको छ, ‘बिगत ६५ वर्षदेखि अमेरिकाले नेपालको भौतिक र सामाजिक पूर्वाधारको क्षेत्रमा उल्लेखनीय सहयोग पु¥याउँदै आएको बिर्सन हुन्न ।’
नेपाली कांग्रेसका प्रमुख सचेतक खाँणले नेपालको हितमा सहयोग पुर्याउने देशसँग सम्बन्ध बिगार्न नहुने बताएका छन् ।
उनले भनेका छन्, ‘६५ वर्षभन्दा लामो समयदेखि नेपालको भौत्तिक विकासमा शिक्षा, स्वास्थ्य, यातायात, लगायत बिभिन्न क्षेत्रमा महत्वपूर्ण अनुदान सहयोग उपलब्ध गराइरहेको अमेरिकाको खिलापमा जसरी उहाँले सार्वजनिक रुपमा धारणा राख्नुभयो । त्यो गलत छ ।’
खाँणले भनेका छन्, ‘नेपालले आफ्नो राष्ट्रिय स्वार्थका लागि, जनताको हितका लागि पनि नेपालको हितमा सहयोग पुर्याउने राष्ट्रसँग सम्बन्ध बिगार्नु हुँदैन ।’
नेपाली कांग्रेसले नेपालसँग कुनै उल्लेखनीय सम्बन्ध नरहेको भनेजुएलको राजनीतिक घटनाक्रममा सरकार र नेकपाको वक्तव्य औचित्यहीन र अपरिपक्व रहेको जनाएको छ ।
नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकम दाहालले गत साता वक्तव्य जारी गरी भेनेजुएलाका राष्ट्रपति निकोलस माडूरोविरुद्ध अमेरिका र उसको गठबन्धनले हस्तक्षेप गरेको भन्दै निन्दा गरेका थिए ।
नेकपा अध्यक्षको वक्तव्यप्रति असन्तुष्टि जनाउँदै अमेरिकी दूतावासले सरकारको आधिकारिक धारणा मागेको थियो ।
सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अमेरिकाका नाम नलिए पनि भेनेजुएलाको समस्या त्यहाँको संविधान कानून अनुसार बाह्य हस्तक्षेपबिना समाधान हुनुपर्ने जनाएको थियो ।
नेपाल र अमेरिकाबीचको सम्बन्धमा खटपट देखिएको छ । शुक्रबार प्रधानमन्त्री ओलीको उपस्थितिमा नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रमुखहरुलाई दिइएको ब्रिफिङमा पनि अमेरिकी राजदूत अनुपस्थित थिए ।
1 प्रतिकृया प्राप्त “भेनेजुएला काण्डमा कांग्रेसले दियो कम्युनिस्ट सरकारभन्दा फरक धारणा”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

अमेरिकाले नेपालमा धेरै आर्थिक सगयोग गरेको पनि छ , त्यो भन्दा पनि अहिले अमेरिकामा लाखौंको संख्यामा नेपालीहरु घरबास नै गरेर बसेका छन , छात्रवृत्तिमा हजारौं नेपाली त्यहां गएर पढेर उच्च शिक्षा हासिल गरेका छन् , जिआरइ\ आइइएलटिएस\ टोफल तयारि क्लासमा हुने भिडभाडले देखाउंछ अमेरिका जान कति नेपाली लालयित छन् ,नेपालमा अमेरिकाबाट रेमिटान्स मात्रै कति भित्रिन्छ त्यो सब के मतलब यिनलाई । अमेरिकाले पाकिस्तानी इरानीलाई जस्तै नेपालीलाई भिसा बन्द गर्दियो भने र अमेरिकामा बसेका नेपालीको भिसा म्याद थपिदिएन वा ग्रिन कार्ड रोक्का मात्रै गरिदियो भने कति असर पर्छ बुझेका छन् ?