तरुण दलले खोल्यो बिना मगर र शंकर पोखरेलको गोप्य राज
बुटवल । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले मेलम्ची खानेपानी आयोजनाको ठेकेदारसँग खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले पाँच करोड घुस लिएको आरोप लगाएका छन् ।
बुटवलमा नेपाल तरुण दलले कम्युनिस्ट सरकारविरुद्ध आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले मेलम्ची खानेपानीको ठेकेदारसँग मन्त्री बिना मगरले पाँच करोड घुस लिएको बताए ।
‘कांग्रेसले ल्याएको मेलम्ची खानेपानी परियोजनालाई कम्युनिस्टहरूले ल्याउन नदिन ठेकेदारसँग कमिशन मागेर तुहाउने खेलमा लागेका छन्’, उनले भने, ‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नी बुहारीलाई मन्त्री बनाएर ठूलो भ्रष्टाचार गरेका छन् । बिना मगरलाई खै कारबाही भएको ?’ बस्नेतले बिना मगरलाई पाँच करोड घुस खाएको विषयमा कारबाहीको माग गरे ।
‘मेलम्चीको ठेकेदारले मन्त्री बिना मगरलाई ५ करोड कमिशन बुझाइ सके भन्छ’, अध्यक्ष बस्नेतले भने, ‘आफ्नै बुहारीलाई मन्त्री बनाएर प्रचण्डले मेलम्ची खानेपानी आयोजना खारेज गर्दै छन् ।’
‘पाँच करोड कमिशन खाने नालायक मन्त्री बिना मगरलाई किन कारबाही नगर्ने ?’, प्रश्न गर्दै उनले भने, ‘यो नालयक सरकारले बिना मगरलाई छिटो कारबाही गरोस् ।’
वाइड बडी जहाज खरिदमा पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी साढे चार अर्ब घोटाला गरेको उनले आरोप लगाए । ‘रविन्द्र अधिकारीलाई मैले पहिला राम्रो मान्थे’, उनले भने, ‘वाइड बडी जहाज खरिदमा भ्रष्टाचार गरेको थाहा पाएपछि मैले रविन्द्र अधिकारीलाई नमस्कार भन्न पनि छाडिसके ।’
खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारलाई माफियाले चलाएको भन्दै तरुण दलका अध्यक्ष बस्नेतले भने, ‘भ्रष्टमन्त्री र भ्रष्ट व्यक्तिहरू, अपराधीहरूलाई सरकारले संरक्षण गरेर राखेको छ ।’
तरुण दलका अध्यक्ष बस्नेतले प्रदेश ५ को सरकारले गाडी खरिदमा लाखौँ रुपियाँ घोटाला गरेको भन्दै आपत्ति जनाए । ‘विष्णु पौडेलका भतुवा मन्त्रीहरूले गाडी खरिदमा भ्रष्टाचार गरेका छन्’, मुख्यमन्त्री शंकर पोखरेललाई चेतावनी दिँदै बस्नेतले भने, ‘कारबाही भएन भने तरुण दलले आफै कारबाही गर्न नपरोस् ।’
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलप्रति अध्यक्ष बस्नेतको भनाइ लक्षित थियो । मुख्यमन्त्री पोखरेललाई अध्यक्ष बस्नेतले नेकपाका महासचिव पौडेलको भतुवाको संज्ञा दिएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत