कम्युनिस्टप्रति अनुदार कांग्रेसका होनहार नेताको सदस्यता खोसियो
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसँग बदला लिएका छन् ।
प्रतिनिधि सभा निर्वाचनमा आफूलाई असहयोग गरेको भन्दै पौडेलले सभापति शेरबहादुर देउवालाई दवाव दिएर पूर्वसहमहामन्त्री जोशीसहितका नेताहरूलाई कारबाही गराइ छाडेका हुन् ।
व्यक्तिगत रिसिइबीका कारण पौडेलले जोशीको कांग्रेसको सदस्यता खोसिदिएका हुन् । कांग्रेसभित्र पौडेल सानो चित्तको नेताका रुपमा परिचित छन् । गुटका नेताहरूले समेत छाड्दै गैरहेका बेला पौडेलले देखाएको यो चरित्रको चौतर्फी आलोचना भएको छ ।
पुस २४ गते कांग्रेस मुख्यालयले लेखेको पत्र तनहुँ कांग्रेसका सभापति जितप्रकाश आलेलाई पठाइएपछि जोशी सहितका नेताहरू कारबाहीमा परेका हुन् । कांग्रेस मुख्यालयबाट पुगेको पत्रमा जोशीसहितका नेताहरूलाई कारबाही गरिएको तथा पार्टीको साधारण सदस्यता खारेज गरिएको उल्लेख छ ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले तनहुँ कांग्रेसलाई पुस २४ गते पत्र पठाएका थिए ।
निर्वाचनका बेला विद्रोही उम्मेदवारी दिएका उम्मेदवार, प्रस्तावक र समर्थकसहितका नेता तथा कार्यकर्तालाई कारबाही गरिएको पत्र पठाएका हुन् ।
पत्रमा कारबाही गरिएका नेताहरूको नाम छैन । तर, तनहुँ कांग्रेसले स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध लागेकाहरूको सूची बनाएर कारबाहीका लागि केन्द्रमा पठाएको थियो ।
पत्रमा नाम उल्लेख नरहेपनि पूर्वमन्त्री समेत रहेका नेता गोविन्दराज जोशीको कांग्रेसको साधारण सदस्यता नरहेको जनाइएको छ ।
निर्वाचनमा वरिष्ठ नेता पौडेल आफ्नो क्षेत्र छाडेर गोविन्दराज जोशीको क्षेत्रमा उम्मेदवार बनेका थिए । त्यसपछि तनहुँ कांग्रेसभित्र विवाद भएको थियो । आफ्नै क्षेत्रमा पौडेल कमजोर मानिन्छन् ।
जोशीले पौडेललाई आफ्नो क्षेत्रमा आएको भन्दै विद्रोही उम्मेदवारी दिएका थिए । पौडेलले जोशीविरुद्ध अदालतमा उम्मेदवारी खारेज गर्न मुद्धा दिएका थिए । अदालतले भ्रष्टाचार अभियोगमा मुद्धा चलेका व्यक्ति उम्मेदवार बन्न नमिल्ने भन्दै उम्मेदवारी खारेज गरिदिएको थियो ।

पौडल र जोशीबीच शुरुदेखि नै विवाद थियो । आखिर पौडेलले जोशीलाई नेपाली कांग्रेसको साधारण सदस्यबाट समेत हटाएर कारबाही गर्न सफल भएका छन् ।
जोशीलाई कारबाही गरिएका अनलाइनहरूका समाचार आफ्नो फेसबुक वालमा सेयर गरेर वरिष्ठ नेता पौडेलले जोशीलाई गाली गरिएका कमेन्टहरू लाइक गरेर बसेका छन् ।
पटक–पटक मन्त्री बनेका जोशी नेपाली कांग्रेसका होनहार नेतामा चिनिन्छन् । कम्युनिस्टहरूप्रति अनुदार मानिने जोशी कांग्रेसका नेता तथा कार्यकर्ता संरक्षणका लागि पार्टीभित्र दिलदार मानिन्छन् ।
पछिल्लो समय भ्रष्टाचार अभियोगमा सर्वोच्च अदालतमा मुद्धा खेपिरहेका जोशी लोप्रोफाइलमा छन् । लोप्रोफाइलमा बसेका जोशीलाई सहयोग गर्नुको साटो वरिष्ठ नेता पौडेलले साँघुरो चेपमा लगेर दुःख दिएका छन् । जोशीलाई कांग्रेसबाट कारबाही गरेर निस्काशित गरे पनि जोशी र पौडेलको एउटै जिल्ला हो ।
जोशीलाई पार्टीबाट निकाले पनि पौडेलको राजनीति त्यति सहज हुनेछैन । यो कुरा बुझ्न नसकेका पौडेलका भावी दिनहरू आफ्नै जिल्ला तनहुँमा झन् कठिन हुनेछ । बरु जोशीलाई फकाएर अगाडि बढेको भए पौडेलका लागि सहज बाटो हुने थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत