परराष्ट्रमन्त्री ज्ञवालीलाई भारतको सिधा जवाफ

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले भारत जाने क्रममा भारतीय एयरलाईन्समा दोहोरो चेकिङ्ग गरेर दुःख दिएको आरोप लगाइरहेका बेला भारतीय पक्षले त्यसलाई सुरक्षा सर्तकताका रुपमा ब्याख्या गरेको छ ।

भारत जान लागेका बेला काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री ज्ञावलीले नेपालको तर्फबाट चेकिङ्ग भइसकेपनि भारतीय एयरलाईन्सले आफ्नो तर्फबाट पुनः दोहोरो चेकिङ्ग गरिरहेको बताएका थिए ।

मन्त्री ज्ञवालीको भनाइको बचाउ गर्दै भारतीय उच्च अधिकारीहरूले उच्च सुरक्षा सर्तकताका लागि आफ्नो एयरलाईन्समा दोहोरो चेकिङ्ग गराइरहेको बताएका हुन् ।

नेपालका लागि भारतीय राजदूतावास लैनचौरका एकजना उच्च अधिकारीले केही वर्ष अगाडि काठमाडौंबाट कानधारका लागि उडेको विमान अपहरण भएका कारण उच्च सुरक्षा सतर्कताका लागि दोहोरो चेकिङ्ग गराउनु परेको दाबी गरे ।

नेपालको विमानस्थलमा अन्तर्राष्ट्रिय चेकिङ्गको मापदण्ड नरहेका कारण दोहोरो चेकिङ्ग गरेको भारतीय एक उच्च अधिकारीको आरोप छ ।

नेपाली अधिकारीहरूद्वारा सुरक्षा जाँच गरिसके पछि वायुसेवाभित्र विभिन्न किसिमका हतियार, विष्फोटक पदार्थहरू जान सक्ने भएकाले दोहोरो सुरक्षा जाँच भएको स्पष्टीकरण दिइएको छ ।

भारतको विमान नेपालबाट अपहरणमा परेका कारण दीर्घकालीन असरहरू परेको भारतीय पक्षको भनाइ छ ।

नेपालबाट भारतीय विमान अपहरण भएपछि आतंकवादी मौलाना मशुद अजहदलाई रिहा गर्नु परेको भारतीय पक्षले जनाएको छ ।

मोहमद नामक अपराधी बनेर भारतमा वितण्डा मचाउनका लागि आतंकवादीहरू पठाइरहेको जनाइएको छ । यस कारणले भारतीय वायु सेवालाई दोहोरो चेकिङ्ग गरिरहेको जनाईएको छ ।

Published : Tuesday, 2019 January 8, 12:22 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया