सभामुख प्रधानमन्त्रीको वक्तव्य ढाकछोप गर्ने कामतिर लाग्नुभयोः गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् युवा नेता गगनकुमार थापाले प्रधानमन्त्रीले खड्गप्रसाद ओलीले संसदको आइतबारको बैठकमा दिएको वक्तव्य माथि प्रश्न गर्न नदिएसम्म सदनको काम अगाडि बढ्न नदिने प्रतिक्रिया दिएका छन् ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरुको विरोधपछि बैठक स्थगित भएसँगै प्रतिक्रिया दिँदै सांसद थापाले भने, ‘हामीले प्रधानमन्त्रीको सम्बोधन सकिनु केही समयअघि नै सभामुखलाई ५ जना प्रश्नकर्ताको नाम टिपाएका थियौं । सभामुखले पार्टीको नेता झैं व्यवहार देखाएर प्रधानमन्त्रीको वक्तव्यको ढाकछोप गर्ने कामतिर लाग्नुभयो ।’
कांग्रेसका सांसद थापाले सभामुख महरा निष्पक्ष हुनुको सट्टा प्रधानमन्त्रीको बचाउ गर्नतर्फ लागेकोले विरोध गरिएको बताए ।
‘प्रधानमन्त्रीज्यूलाई हाम्रो प्रश्नको जवाफ दिन मन थिएन भने सिंहदरबारबाट सम्बोधन गरेको भए हुन्थ्यो’, थापाले भने, ‘संसदमा आएर सम्बोधन गरेपछि प्रतिप्रश्नहरुको उत्तर पनि दिनुपर्छ ।’
सभामुख महराले संसदमा प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्न नदिएपछि कांग्रेसका सांसदहरुले नारावाजी गर्नुका साथै रोष्टम घेराउ गरेका थिए । रोष्टम घेराउ गरेपछि सभामुख महराले बैठक स्थगित गरेका थिए ।
‘सरकारले तथ्य तोडमोड गरेर प्रस्तुत गरेको छ । प्रश्न राख्न खोज्दा सभामुखले ढाकछोप गर्न खोज्नुभयो’, थापाले भने, ‘प्रश्न सोध्ने पूर्वसहमति थियो, हामीले पाँच जनाको नाम दिएका थियौं। तर पछि सभामुखले सत्तापक्षसँग मिलेमतो गर्नुभयो । हुकुमी शैलीमा संसद चलाउन खोज्नुभयो ।’
थापाले प्रधानमन्त्री ओलीप्रति पनि व्यंग गरेका छन् ।
‘राष्ट्रनिर्माणमा प्रतिपक्षीलाई मिलौं भन्ने प्रधानमन्त्रीले तर संसदमा प्रश्न सोध्छु भन्दा त्यसको जवाफ दिन पनि नहुने, प्रश्नको सामना गर्न नसक्ने ?’, थापाले भने, ‘प्रधानमन्त्रीको सम्बोधनमा पहिला ताली बज्थ्यो त्यो ध्वनि सुनेर डर लागेको थियो । तर अहिले केही चुटकिलामा केही सांसदले मात्र ताली ठोके आधाले मन नलागीनलागी ताली बजाए ।’
थापाले प्रधानमन्त्रीसँग प्रश्नोत्तर भएन भने संसद चल्न नदिने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत