कांग्रेसले ल्याएको कार्यक्रममा कम्युनिस्टहरूद्वारा कब्जा, मोज गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले कांग्रेसले ल्याएको र माथि उठाएको सहकारी अवधारणामा कम्युनिष्टहरूको वर्चश्व रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा कांग्रेस नेताहरूले कम्युनिष्ट विचारधारा विपरित रहेको सहकारीमा कम्युनिष्टहरूको वर्चश्व भएको टिप्पणी गरे ।

सहकारी अर्थनीति कम्युनिष्ट विचारधाराको विपरीत भएपनि अहिले मुलुकभरिका सहकारीमा कम्युनिस्टहरू वर्चश्व रहेको कांग्रेस नेताहरूले बताए ।

उनीहरूले सहकारी संस्थामा संलग्नता बढाउनुपर्नेमा जोड दिएका छन ।

कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री डा.रामशरण महतले कांग्रेसले बनाएको सहकारी नीतिको उपयोग कम्युनिष्टहरूले गरिरहेको बताए ।

उनले कांग्रेस नै सहकारी अभियानमा पछि परेको र कम्युनिष्टहरूको वर्चश्व बढेको बताए ।

०४८ सालको नेपाली कांग्रेसको सरकारले नै खुला अर्थनीति र सहकारीको अवधारणा ल्याएको थियो । कांग्रेसको त्यही अर्थनीतिले देशको आर्थिक अवस्था मजबुद भएको कांग्रेसका नेता डा.महतले बताएका छन ।

डा.महतले अधिकांश सहकारीहरूमा कम्युनिस्टहरूको पकड रहेको बताए । उनले अबका दिनमा कांग्रेसले आफूले संरक्षण गरेर माथि ल्याएको सहकारी नीतिलाई टेवा दिनुपर्ने बताए ।

डा.महतले पुँजी निर्माण र लगानी वृद्धिमा भन्दा पनि कम्युनिस्ट सरकार फजुल खर्चमा अघि बढेको आरोप लगाए ।

डा.महतले सरकार मुलुकको समग्र आर्थिक विकासका लागि गम्भीर नबनेको बताए । उनले सरकार उडन्ते र हावादारी कुरामा हिँडेको आरोप लगाए ।

सत्तारुढ दलका दुई अध्यक्षले आ–आफ्ना निर्वाचन क्षेत्रमा भ्यू टावर निर्माण र शहरी विकास आयोजनाको नाममा ठूलो रकम खर्च गर्नु गलत भएको उनले टिप्पणी गरेका छन ।

डा.महतले जनताका आधारभुत आवश्यकता, सडक विस्तार लगायत क्षेत्रलाई सरकारले प्राथमिकता दिन नसकेको बताए ।

वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पनि सहकारी अर्थनीति कांग्रेसले शुरु गरेको बताए ।

Published : Saturday, 2019 January 5, 11:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया