सस्तो लोकप्रियता खोज्दै यी मुख्यमन्त्री, विद्यार्थीको ९० मिनट ‘किल’

घोराही । प्रदेश ५ का कम्युनिस्ट मुख्यमन्त्री शंकर पोखरेल आजकाल सस्तो लोकप्रियताका लागि चिनिन थालेका छन । सामाजिक सन्जालमा सक्रिय रहने मुख्यमन्त्री पोखरेललाई दङगालीहरूले सस्तो लोप्रियता खोज्दै पटक पटक जिल्ला आउने गरेको भनेर आलोचना गर्न थालेका छन ।

दाङ घर भएका कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार लोकेन्द्र ओलीले फेसबुकमा स्टाटस लेखेर मुख्यमन्त्री पोखरेललाई सस्तो लोकप्रियता भनेर आलोचना गरेका छन । पोखरेलको आलोचना गरेर स्टाटस लेख्नेहरू थुप्रै छन ।

गृहजिल्लाका सानासाना कार्यक्रमका लागि बाक्लै दाङ आउने गरेका मुख्यमन्त्री पोखरेलले लोकप्रियताका लागि के–के गर्नुपर्छ सबै गर्ने गरेका छन । उनले सहकारी, क्लवहरूको उदघाटनदेखि सबै गर्न भ्याएका छन ।

पोखरेलले निर्वाचनमा गरेको प्रतिवद्धता र वाचाअनुसार प्रदेशको राजधानी दाङ बनाउनु थियो, सडक र पुलहरू बनाउनु थियो । तर, अहिले ती सबै कुराबाट पोखरेल टाढा छन । झन प्रदेशको राजधानी दाङ आउने कुनै छाँटकाँट नै छैन ।

सोमबार तुलसीपुर उपमहानगरपालिकाको वडा नं. ७ मा रहेको मावि कालाखोलाका विद्यार्थीलाई अध्यापन गराएर चर्चामा आएका छन । विद्यार्थीलाई अध्यापन गराउने बेला उनका सहयोगी(पिए) सरोज रेग्मीले फोटो खिचेर फेसबुकमा हालेका छन । पोखरेलका पिए रेग्मी तस्बिरमा फोटो खिच्दै गरेको अवस्थामा देखिएका छन ।

पोखरेलसँगै प्रदेशसभा सदस्य उत्तरकुमार वली, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलगायत अन्य कम्युनिस्ट नेताहरू विद्यालयमा पुगेका थिए ।

मुख्यमन्त्री पोखरेलले कक्षा १० ‘ए’मा पढाएका थिए । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले कक्षा १० को ‘बि’ र प्रदेशसभा सदस्य उत्तरकुमार वलीले कक्षा ८ मा पढाएका थिए ।

पोखरेल, पाण्डे र ओलीले विद्यालयमा पुगेर करीब ९० मिनेट विद्यार्थीलाई पढाएका थिए । उनीहरूले विद्यार्थीलाई के–के पढाए विद्यार्थी नै अनभिज्ञ छन । विद्यार्थीको ९० मिनेट किल गरेको भनेर अभिभावकहरू पोखरेलसँग रिसाएका छन ।

विद्यालयमा पढाएको समाचार आएपछि एउटा अनलाइनको समाचार मुख्यमन्त्री पोखरेलले फेसबुकमा सेयर गरेका छन । प्रदेशमा खासै काम नहुने भएपछि मुख्यमन्त्री पोखरेल दाङ गैरहन्छन । मुख्यमन्त्री पोखरेल कति फुसदिला छन भन्ने कुरा फेसबुकमा समाचार सेयर गरेका कुराहरूले पनि संकेत गर्छ ।

पोखरेल प्रदेश ५ मा प्यूठान, रोल्पा, पूर्वी रुकुम, बाँके, बर्दिया, पाल्पा, अर्घाखाँची, गुल्मी लगायतका जिल्ला छन । तर, ती जिल्लाहरूमा जान रुचाउँदैनन । उनी घुपुर घुपुर दाङ मात्रै आउँछन भनेर चर्चा हुने गरेको छ ।

दाङ जिल्लामा एक पटक प्रतिनिधि सभामा विजयी भएका पोखरेललाई प्रदेश सभामा माओवादीले जिताएका हो । बाम गठबन्धनका कारण पोखरेलले प्रदेश सभामा सजिलै जित हात पारेका हुन ।

माओवादीका कृष्णबहादुर महराका लागि दाङको क्षेत्र नं. २ एमालेले छाडिदिएको थियो । महरालाई क्षेत्र छाडिदिएपछि माओवादीकै जोडबलमा पोखरेलले प्रदेश सभामा जितेका हुन । आफनै घर भएको प्रदेशको क्षेत्र छाडेर पोखरेल निर्वाचन लडन आइपुगेका थिए । पूर्वएमालेका एक नेताका अनुसार पोखरेल दाङमा अलोकप्रिय छन ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश ५ को संयोजक समेत रहेका पोखरेलले आफनै बहिनी ज्वाइँलाई नेकपाको जिल्ला अध्यक्षमा सिफारिस गरेपछि झनै आलोचित बनेका छन ।

Published : Tuesday, 2019 January 1, 11:16 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया