कांग्रेसले सडक र सदन तताउने, आत्तियो कम्युनिस्ट सरकार
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कम्युनिस्ट सरकारविरोधी अभियान चलाउने चेतावनी दिएको छ ।
कांग्रेसले आफनो संगनको अभियान पनि सञ्चालन गर्ने भएको छ । माघ लागेपछि सदस्यता वितरण, प्रशिक्षणसहित सरकारविरोधी अभियान सुरु गर्ने कांग्रेसको तयारी गरेको हो ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आन्तरिक रूपमा कार्यतालिका बनाएर माघमा पार्टीले अभियान सुरु गर्ने बताएका छन ।
शुरुको अभियानमा पार्टीका संरचनालाई व्यवस्थित गर्नेदेखि सरकार संस्थागत रूपमा भ्रष्टाचारमा लागेको भन्दै यसविरुद्ध नागरिक तहमा जाने तयारी पनि कांग्रेसको छ ।
कांग्रेसले महासमिति बैठकबाट समसामयिक प्रस्ताव पारित गर्दै सरकार संस्थागत भ्रष्टाचारमा लागेकोसहितका १५ बुँदा पास गरेको थियो ।
कांग्रेसले संसद र पार्टी संरचनामा सरकारका गलत काम र कमजोरीविरुद्ध प्रभावशाली ढंगले आवाज उठाउनेछ ।
अभियानसँगै पार्टी संरचनाका काम पनि अब माघ लागेपछि अघि बढ्नेछ ।
राष्ट्रिय र जनसरोकारका मुद्दा, संवैधानिक व्यवस्था र कानुनी व्यवस्थाका प्रावधान पालन गर्न उठाइएका विषयलाई उपेक्षा गर्दै कम्युनिस्ट सरकार अधिनायकवादी बाटोमा अग्रसर भएको निष्कर्ष हालै सम्पन्न कांग्रेस महासमिति बैठकले निकालेको थियो ।
पुस मसान्ततिर केन्द्रीय समिति बैठक बसेर महासमितिबाट पारित सबै प्रस्ताव परिमार्जनसहित पारित हुनेछ ।
यसअघि सहमति भइसकेका विषयमा परिमार्जन हुँदैन, तर आवश्यक बुँदा सामान्य परिमार्जन गरी पारित गर्ने कांग्रेसको तयारी छ ।
त्यसपछि फाइनल भएर कांग्रेसको विधान छापिएपछि पार्टीका संरचनाले काम गर्न थाल्नेछन ।
नेपाली कांग्रेसले साधारण सदस्य लिएको एक वर्ष पुगेकालाई क्रियाशील सदस्यता दिने र नयाँलाई सदस्यता दिनेगरी अब छिट्टै काम अघि बढाउनेछ ।
सरकारका गलत क्रियाकलापप्रति खबरदारी गर्ने र पार्टीका संगठनलाई प्रभावकारी रूपमा परिचालन गरी जनमत बढाउन प्रतिष्ठानलाई सक्रिय बनाउने तयारीमा कांग्रेस छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत