कम्युनिस्ट सरकारको निरंकुसताविरुद्ध नेविसंघ भिडनुपर्छः बडू
प्रकाश चन्द्र भट्ट
दार्चुला । देशको हरेक परिवर्तन लागि नेपाल विद्यार्थी संघको भूमिका अग्रपंक्तिमा रहेको प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले बताएका छन ।
नेपाल विद्यार्थी संघ दार्चुलाको ९औं जिल्ला अधिवेशनको आइतबार उद्घाटन समारोहलाई खलंगामा सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका नेता बडूले नेविसंघको भूमिकाको प्रशंसा गरेका हुन ।
उनले कम्युनिस्टहरू निरंकुश बन्न खोजेको भन्दै नेविसंघका युवाहरूमा रहेको नयाँ जोश र जाँगरबाट लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए ।
निरंकुसता र बेतिथिका विरुद्ध लड्ने अग्रमोर्चाका रुपमा रहेको नेपाल विद्यार्थी संघको ९ औं अधिवेशनबाट कुशल नेतृत्व चयन हुनेमा समेत सदस्य बडूले अपेक्षा राखेका छन ।
मुलुकको समसामयिक राजनितिका विषयमा पनि नेविसंघ बेखबर भएर बस्न नहुने उनको धाराणा थियो । बडूले नेपाल विद्यार्थी संघ दार्चुलाका कुनाकाप्चामा पुग्नु पर्नेमा जोड दिए ।
विद्यार्थीले भोग्नु परेका समस्यालाई समाधान गरी पार्टीलाई समेत जिताउने अभिभारा नेविसंघको काधमा जिम्मेबारी रहेको उनको भनाई छ ।
अर्को प्रसंगमा बोल्दै प्रतिनिधिसभा सदस्य बडूले दुई तिहाईको वर्तमान सरकार भ्रष्टाचारी भएको आरोप लगाएका छन । नेपाली कांग्रेस नेतृत्वको सरकारले जारी गरेको संविधानको मर्यादा वर्तमान सरकारले विर्सिरहेको भन्दै उनले प्रतिपक्षको भूमिकामा रहेर सरकारलाई खबरदारी गरिरहेको बताए ।
वर्तमान कम्युनिस्ट सरकारले मुलुकको स्वतन्त्र न्यायापालिका, संवैधानिक निकायहरूमा हस्तक्षेप गरिरहेको नेता बडूको आरोप थियो ।
लोकसेवा आयोग स्वायत्त संस्था भएको भन्दै सदस्य बडूले वर्तमान सरकारले लोकसेवा आयोगलाई नियन्त्रणमा ल्याउने निर्णय गरेको बताए । संस्थागत र सुनियोजित ढंगले मुलुकमा भ्रष्टाचार भैइरहेको सदस्य बडूले बताए ।
कांग्रेस नेतृत्वको सरकारको पाला वाइड बडी जहाज खरिद गर्न निर्णय भएको तथा वर्तमान सरकारले पुरानो जहाज खरिद गर्ने निर्णय गरेको नेता बडूले आरोप लगाए ।
जहाज खरिदमा वर्तमान सरकारले ६ अर्व ५८ करोड रुपियाँको भ्रष्टाचार गरेको कांग्रेस नेता बडूले बताए ।
निर्मला पन्त हत्या प्रकरणविरुद्ध नेपाली कांग्रेस सुरुवातदेखि वर्तमान सरकारका विरुद्धमा उत्रिएको भन्दै प्रतिनिधिसभा सदस्य बडूले हत्यारालाई कनूनी कठघरामा उभ्याउन नसके भोली अर्की चेलीले समेत निर्मला पन्त जस्तै बन्नु पर्ने अवस्था सिर्जना हुने बताए ।
निर्मलाको हत्यारालाई तत्काल पत्ता लगाई कारबाही गर्न वर्तमान सरकारलाई घचघच्याई रहेको उनको भनाई छ ।
सुदूरपश्चिम प्रदेशसभा सदस्य नन्दा बमले नेपाल विद्यार्थी संघलाई ९ औं अधिवेशनको सफलताको शुभकामना दिइन ।
नेपाल विद्यार्थी संघ नेपाली कांग्रेस पार्टीलाई उर्जा दिने उर्जाशील शक्ति भएको उनले बताइन । उनले निर्मला पन्तको हत्यामा वर्तमान सरकार आफै संलग्न भएको समेत आरोप लगाइन । वर्तमान सरकार चुटकिलाको भारी बोक्दै अगाडि बढिरहेको सदस्य बमले बताइन ।
कार्यक्रममा महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्ट, दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्की, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति ललित सिंह बोहरा, कांग्रेस नेता मदन गिरी, विक्रम धामी, मानसिंह बुढाथोकी, उमेश खत्री, पदमराज पन्त, लगायत नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत