कांग्रेस र कम्युनिस्टले देशको मुहार फेर्न सक्दैननः उपेन्द्र यादव

काठमाडौं । संघीय समाजावादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आदिवासी जनजाति, मधेसी र उत्पीडित समुदायले विभिन्न राजनीतिक आन्दोलनबाट प्राप्त गरेका उपलब्धिहरूको संरक्षण गर्ने उद्देश्यले पार्टी सरकारमा गएको बताएका छन ।

राजधानीमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले उपयुक्त स्थितिमा पार्टीले उठाएका माग र मुद्दाहरू सम्बोधन गर्ने सर्तमा सरकारमा सहभागी भएको बताए ।

‘हाम्रो पार्टीको नेतृत्वमा भएको आन्दोलनले नै हामीले उठाएका मुद्दाहरू पहिचानसहितको सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र संस्थागत भएको छ । कांग्रेस र कम्युनिस्टले यी मुद्दाहरू जबरजस्ती बोक्नु परेको छ’, उनले भने, ‘संविधानमा सङ्घीयता संस्थागत भइसक्दा पनि सङ्घीयतालाई समाप्त पार्ने र सङ्घीयतालाई संरक्षण गर्ने बीचको सङ्घर्ष अहिले पनि जारी छ । ’

यादलले भने, ‘यो संविधानमा हाम्रो असहमति राज्यको पुनसंरचनामा हो । पहिचानको आधारमा राज्यको पुनसंरचना समावेशी राज्यसत्ता हाम्रो लड़ाईं हो र प्राप्त नभएसम्म हाम्रो लड़ाईं जारी रहनेछ । संविधान संशोधन गर्न दुई तिहाई मत आवश्यक हुने र हाम्रो सहभागिताले दुई तिहाई पुग्ने भएकोले सरकारमा हाम्रो सहभागिता अपरिहार्य भयो ।’

उनले कांग्रेस र कम्युनिस्टले नेपाल र नेपालीको मुहार फेर्न नसक्ने बताए । ‘उनीहरूले सक्ने भए पहिल्यै भइसक्थे । अब नेपाललाई समृद्धशाली बनाउने जिम्मेवारी हाम्रै हो’, अध्यक्ष यादवले भने, ‘मागेर खाने सरकार भएसम्म देशमा समाजवाद आउँदैन र नेपालको वेरोजगारी समस्या पनि हल गर्न सक्दैन ।’

उनले भने, ‘पार्टी शक्तिशाली नभएसम्म आदिवासी, मधेसी लगायत उत्पीडित समुदायले उठाएको मुद्दाहरूको सम्बोधन नहुने भएकाले विशाल छाती लिएर पार्टी संगठन बिस्तार गर्नु पर्छ, पार्टीलाई शक्तिशाली बनाउनु पर्छ । त्यसका लागि नीति, विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग एकीकरण पनि गर्नु पर्छ । यसका लागि नै हामीले कार्यदल बनाएका छौं ।’

Published : Wednesday, 2018 December 26, 12:03 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया