नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु

धनगढी । दोस्रो नेपाल आइडल रवि ओडकी आमा विष्णादेवी ओडको करेन्ट लागेर मृत्यु भएको छ ।

बुधबार बिहान पानी तान्ने पम्पबाट करेन्ट लागेर घाइटे भएकी विष्णादेवीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

४५ वर्षीया विष्णदेवीको अत्तरिया अस्पतालबाट सेती अञ्चल अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जनाइएको छ ।

बिहान ७ बजेतिर उनी पानी तान्ने पम्प चलाउन गएकी थिइन् । अघिल्लो दिन करेन्ट नछुटाइएको पम्पबाट उनलाई करेन्ट लागेपछि उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल पुर्‍याइएको थियो ।

रवि ओड विभिन्न अभिनन्दन कार्यक्रमका लागि गृहजिल्लामै रहेका बेला घटना भएको छ । रविका तीन भार्इ र दुई बहिनी छन् ।

जन्म दिने आमालाई पहिला नै गुमाएका रविसहित यी भाइबहिनी सबैलाई विष्णाले नै हुर्काएकी थिइन् ।

नेपाल आइडलको उपाधि जितेका रविले जितको खुसियाली मानाउँदै गर्दा उनको परिवारमा यो विपत्ति परेको छ ।

Published : Wednesday, 2018 December 26, 10:48 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया