कांग्रेसको महासमिति बैठक फेरि स्थगित
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक पुनः स्थगित भएको छ ।
बुधबार केही समय बैठक बसेर बन्दसत्र स्थगित भएको हो । कांग्रेसको संशोधन गर्न भनिएको विधान मस्यौदा नपाएपछि महासमिति सदस्यहरुले होहल्ला गरेका थिए ।
महासमिति सदस्यहरुबीच मंगलबार धक्कामुक्का भएपछि बन्दसत्र स्थगित भएको थियो ।
शीर्ष नेताहरुबीच सहमति भएको भनिएको विधान संशोधनका विषयमा केन्द्रीय कार्यसमितिमा छलफल आवश्यक रहेको भन्दै बन्दसत्र स्थगित गरिएको एक नेताले बताए ।
कांग्रेसको महासमिति बैठक शनिबारदेखि शुरु भएको छ । बैठकमा महासमिति सदस्य र पर्यवेक्षक गरी करीव १ हजार ७ सय सहभागी छन् ।
Published : Wednesday, 2018 December 19, 3:04 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत