शंकर पोखरेललाई आफ्नो मुख्यमन्त्री पद मन परेन, महरालाई दोष
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति एवम् प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कृष्णबहादुर महराका कारण प्रदेश सभामा जान बाध्य भएको गुनासो गरेका छन् ।
काठमाडौंको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा मंगलबार बसेको स्थायी समितिको बैठकमा पोखरेलले दुई अध्यक्षका कारण आफू प्रदेश सभामा झर्नु परेको गुनासो गरेका हुन् ।
स्रोतका अनुसार पोखरेलले पार्टीको नेतृत्व नछाड्ने तर मुख्यमन्त्री पदबाट राजीनामा दिन तयार रहेको बताएको स्रोतले जनाएको छ ।
अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली निकटका मानिने पोखरेललाई प्रदेश ५ को मुख्यमन्त्री र नेकपाको प्रदेश संयोजक बनाइएको छ । पोखरेललाई दोहोरो जिम्मेवारी दिएको भन्दै नेकपाभित्र आलोचना हुँदै आएको छ ।
पोखरेलले भनेका थिए, ‘राजनीतिक जिम्मेवारी छड्दिँन, मेरै कारण समस्या भएको हो भने प्रदेशसभा सदस्यबाट राजीनामा दिन पाऊँ ।’
पोखरेलले आफूले प्रदेशसभामा जान नचाहेको तर, कृष्णबहादुर महरालाई दाङमा उम्मेदवार बनाउनुपर्ने भयो भनेर केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा बाध्यताले मात्र प्रदेश सभामा गएको गुनासो गरेका थिए ।
राजनीतिक जिम्मेवारी दिने बचन दुबै अध्यक्षले आफूलाई दिएको पोखरेल बैठकमा धारणा राखेको एकजना नेताले बताए ।
बुधबार बसेको स्थायी समिति बैठकमा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पोखरेललाई जवाफ दिँदै साइकोलोजी ब्ल्याकमेलिङ गरेको आरोप लगाएको अनलाइन खबर डटकमले समाचारमा जनाएको छ ।
दुबै अध्यक्षले भनेको भन्दै पोखरेलले ‘साइकोलोजिकल ब्लाकमेलिङ’ गरेर बैठकलाई प्रभावित पार्न खोजेको त होइन भन्ने पाण्डेको आशंका थियो ।
पाण्डेले भने, ‘अध्यक्ष केपी ओलीले योगेशजीलाई मन्त्री बनाउँछु भनेर सार्वजनिक रुपमा भनेको होइन । त्यो त केही भएन । बन्द कोठाभित्र के के भयो के ?’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत