भाजपा विदेश विभाग प्रमुख डा.चौथाईवाले गगन–विश्वलाई भएको कारबाहीबारे दिए कुटनीतिक प्रतिक्रिया

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा.विजय चौथाईवालेले नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको समाचार सेयर गरेका छन् ।

बुधबार सामाजिक सञ्जाल एक्समा डा.चौथाईवालेले थापा र शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पार्टीबाट निस्काषन गरेको समाचारलाई सेयर गरेका हुन् ।

एक्समा रिपोस्ट गर्दै भाजपा विदेश विभाग प्रमुख डा.चौथाईवालेले गरेको रिपोस्टमा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पार्टीको साधारण सदस्यता खोस्दै पदबाट हटाउने निर्णय गरेको छ । के तपाईं यस निर्णयलाई समर्थन गर्नुहुन्छ ?’

महामन्त्रीद्वय थापा र शर्मा तथा सहमहामन्त्री मन्सुरले भृकुटीमण्डप भेलाबाट पार्टी विभाजन गर्ने गतिविधि गरेपछि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको सदस्यता समेत नरहने गरी ५ वर्षको लागि निस्काषन गरेको छ ।

Published : Thursday, 2026 January 15, 7:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया