सभापति देउवाद्वारा पौडेल, सिटौलासहितका नेताहरूसँग परामर्श
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको संशोधित विधानको मस्यौदाका विषयमा असन्तुष्ट नेतासँग परामर्श गरेका छन् ।
ललितपुरको सानेपास्थिट पार्टी मुख्यालयमा आइतबार सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, कृष्णप्रसाद सिटौलालगायतका नेताहरूलाई बालाएर विधानमाथि देखिएको विवादका विषयमा परामर्श गरको हुन् ।
शनिबार मात्रै कांग्रेसको संशोधित विधानमाथिको छलफल सकिएको थियो । पौडेल र सिटौला समूहले देउवा समूहको विरोध गर्दै आएको छ ।
कांग्रेसको विवादकैबीच सोमबारका लागि केन्द्रीय समितिको बैठक बोलाइएको छ । पौडेल समूहले पनि प्रकाशमान सिंहको ठमेलस्थित निवासमा आफू निकटका नेताहरूसँग आइतबार नै गोप्य भेला गरेको थियो ।
मंसिर २८ गतेदेखि कांग्रेसको महासमितिको बैठक हुँदैछ । महासमिति बैठकअघि नै सबै विवाद टुंग्याउँने ध्यानमा सभापति देउवा छन् ।
महासमिति भेलामा विधान दुई तिहाई बहुमतले पास गर्नुपर्ने भएकाले देउवालाई पौडेल र सिटौलाको साथ आवश्यक रहेको नेताहरूले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत