नेपालकाे जेनजी आन्दोलन, स्वतन्त्र विद्रोह की विदेशी षड्यन्त्र ?
काठमाडौं । काठमाडौंको गल्लीहरू अहिले युवा आक्रोशले ततिरहेका छन् । सडकका हरेक चोकमा “हामी उठेका छौं” र “भ्रष्टाचार हटाउ” जस्ता नाराले गुन्जिरहेको छ। सामाजिक सञ्जालमा ह्यासट्याग जेनजी नेपाल, ह्यासट्याग हामी नेपाल जस्ता ह्यासट्यागहरू ट्रेन्ड भइरहेका छन् । मिडियाले यसलाई “नेपाली युवाको स्वतन्त्र क्रान्ति” भनेर प्रस्तुत गरिरहेको छ। तर विश्लेषकहरू भन्छन् कि सडकमा देखिने युवा केवल मोडल चेहरा मात्र हुन्, वास्तविक स्क्रिप्ट बाहिरका शक्तिले लेखेका छन् ।
युवाहरूको असन्तोष वास्तविक छ । बेरोजगारी, शिक्षा, स्वास्थ्य, अवसरको कमी, राजनीतिक नेतृत्वप्रति मोहभंग — यी सबै कारण सडकमा ल्याएका छन् । तर, प्रश्न उठ्छ — के यो आन्दोलन साँच्चै स्वतन्त्र हो, कि केवल विदेशी रणनीतिक खेलको मोहरा हो ?
विदेशी हस्तक्षेपको चर्चा गर्नासाथ सबैभन्दा पहिले ओपन साेसाइटी फाउन्डेसन (Open Society Foundations) (OSF) को नाम आउँछ। जर्जसाेर्स (George Soros) को ओएसएफ (OSF) विश्वभर “रङ क्रान्ति” र लोकतन्त्र प्रवर्द्धनको नाममा सक्रिय छ। युक्रेन, हङकङ, बेलारुस — जहाँ आन्दोलन भएको छ, त्यहाँ ओएसएफको छायाँ देखिन्छ । नेपालमा पनि जेनजी आन्दोलनसँग ओएसएफ सम्बद्ध एनजीओ र डिजिटल अभियान जोडिएको भन्ने चर्चा छ। युवाहरूको पोस्टर, नाराबाजी, डिजिटल ह्यासट्याग — यी सबै ओएसएफ नेटवर्क मार्फत सम्भव भएको शंका बलियो छ ।
पश्चिमी प्रभावशाली संस्था बारबरा फाउन्डेसन (Barbara Foundation, USAID) प्रमुख समन्था पावर (Samantha Power) र विदेशमा सक्रिय अंकल टम, भिक्टोरिया नुलन्द काेब्ली (Uncle Tom, Victoria Nuland Cobley) को नाम पनि आन्दोलनसँग जोडिएको चर्चा फैलिएको छ। विश्लेषक भन्छन् कि यी सबै संस्था र व्यक्तित्वले “स्मोक एन्ड मिरर” रणनीति प्रयोग गर्दै आन्दोलनलाई स्वतन्त्र देखाउने तर, डाइरेक्सन (direction) बाहिरबाट दिने काम गरिरहेका छन् ।
सांस्कृतिक, धार्मिक र एनजीओ नेटवर्कमार्फत यो संगठनले दक्षिण एशियामा आफ्नो विचारधारा फैलाउने प्रयास गर्दै आएको छ । अमेरिकाको नेशनल ईण्डाेमेन्ट फर डेमाे क्रेसी (National Endowment for Democracy. NED) ले पनि सडकमा उठेका युवा कार्यक्रम र एनजीओ मार्फत सहयोग पुर्याएको संकेत भेटिन्छ ।
नेपालमा चर्चित संस्था “हामी नेपाल” र अन्य युवा संगठनहरू मोहरा मात्र हो भन्ने शंका उठिरहेको छ । सडकमा देखिने युवा नेतृत्वको भावनात्मक र नारा–पूर्ण सक्रियता केवल बाहिरी निर्देशनको अनुपालन मात्र हो कि भन्ने कुरा विश्लेषकहरूले औंल्याउँछन् । युवा स्वतन्त्र छन् तर आन्दोलनको स्क्रिप्ट बाहिरबाट लेखिएको भन्ने तथ्य गम्भीर छ ।
सामाजिक सञ्जालमा जेनजी आन्दोलनको प्रभाव उल्लेखनीय छ । फेसबुक, इन्स्टाग्राम, टिकटोक, र ट्विटरमा ह्यासट्यागहरू ट्रेन्ड हुने, सामग्री साझा हुने र अन्तर्राष्ट्रिय एनजीओ नेटवर्कहरूसँग तालमेल रहने प्रक्रिया बोट र कृत्रिम ट्रेन्ड का संकेत देखाउँछ । यसले आन्दोलनको दृश्यता बढाउँछ तर, स्वतन्त्रता र बाहिरी प्रभावबीचको भिन्नता अस्पष्ट बनाउँछ ।
घटनाक्रम हेर्दा, काठमाडौं, लगायेत नेपालभरि नै युवा प्रदर्शनकारी सडकमा आएका छन् । उनीहरूले नारा लगाएका छन् — “यो हाम्रो भविष्यको लागि हो”, तर विश्लेषक भन्छन् — “हामी मोहरा मात्र हौं, निर्णय बाहिरबाट निर्देशित छ ।” उदाहरण स्वरूप, देशभरि अनि राजधानीको मुख्य चोकमा भएको प्रदर्शनमा पचासौं हजार युवा उपस्थित थिए । त्यहाँ पोस्टर, ब्यानर, र डिजिटल क्याम्पेन प्रयोग गरिएको थियो, जसलाई विशेषज्ञहरूले ओएसएफ र एनइडी मार्फत समर्थित नेटवर्कको परिणाम मान्छन् ।
अन्तर्राष्ट्रिय दृष्टान्त हेर्दा, युक्रेन, अरब स्प्रिङ, र श्रीलंकामा आन्दोलन सुरुमा स्वतन्त्र देखिए पनि पछि विदेशी हस्तक्षेप र राजनीतिक अस्थिरतामा मोडिएका थिए । यी उदाहरणहरूले संकेत गर्छ कि नेपालमा पनि त्यसै ब्लूप्रिन्ट प्रयोग भइरहेको हुनसक्छ ।
मिडियाले आन्दोलनलाई सनसनीपूर्ण प्रस्तुत गरेको छ । बीबीसी (BBC), एआई जजीरा (Al Jazeera) र द गार्जियन (The Guardian) जस्ता अन्तर्राष्ट्रिय मिडियामा नेपालस युथ राइज अगेनेस्ट करप्सन र हाेप ईन द स्ट्रीटस अफ काठमाडौं (Nepal’s Youth Rise Against Corruption र Hope in the Streets of Kathmandu) जस्ता हेडलाइन देखिन्छन् । तर, विश्लेषकहरू भन्छन् — “यी मिडियाको कभरिङ पूर्णतया स्वतन्त्र छैन । यसले आन्दोलनको ग्यामर्स न्यारेटिभ (glamorous narrative) सिर्जना गर्छ, तर वास्तविक उद्देश्य प्रायः फरक हुन्छ ।”
नेपालका जेनजी युवाहरूको आवाज महत्वपुर्ण छ । उनीहरू असन्तोष जायज छ । तर, यदि आन्दोलन ओएसएफ (OSF), एनईडी (NED), बारबर फाउन्डेसन (Barbara Foundation), समन्था पावर (Samantha Power), भिक्टोरिया नुल्याण्ड (Victoria Nuland) जस्ता बाहिरी शक्तिहरूको निर्देशनमा मात्र चल्यो भने, यसले नेपाललाई दीर्घकालीन अस्थिरतामा धकेल्ने सम्भावना छ । स्वतन्त्र युवा नेतृत्व र वास्तविक परिवर्तनको लागि आवश्यक छ — आन्दोलन मोहरा नभई आफ्नै बुद्धि र शक्तिमा आधारित हुनुपर्छ ।
सडकमा आगो युवाले बाल्छन्, तर त्यो आगो कुन दिशामा बलेर जाने भन्ने स्क्रिप्ट बाहिरबाट लेखिएको छभने, नेपालको भविष्य बाहिरी खेलको बोर्डमा मात्र सीमित रहन्छ। त्यसैले चेतावनी स्पष्ट छ — स्वतन्त्र आन्दोलन चाहिन्छ, तर बाहिरी मोहरा बन्नु हुदैन ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया