सुजाताको निवास पुगे गगन
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालासँग युवा नेता एवम् सांसद गगन थापाले भेटवार्ता गरेका छन् ।
मण्डिखाटारस्थित निवासमा शुक्रबार कोइरालासँग थापाले भेटवार्ता गरेका हुन् । भेटमा कांग्रेसको राजनीतिक अवस्थाका विषयमा छलफल भएको युवा नेता थापाले बताएका छन् ।
कोइराला परिवारसँग बिग्रिएको सम्बन्ध सुमधुर बनाउन खोजेका थापाले सुजातालाई निवासमै भेटेर त्यसको संकेत दिएका हुन् ।
नेपाली कांग्रेसभित्र गुटको राजनीति भैरहेका बेला युवा नेता थापाले नेतृ सुजातासँग भेटेर आफ्नो पक्षमा माहोल बनाउने प्रयास गरेका हुन् । कोइराला परिवारसँग थापाको खासै कुरा मिल्दैन भन्नेहरू धेरै छन् ।
Published : Saturday, 2018 November 24, 11:37 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत