कम्युनिस्टको किल्लामा गाडिन थाले चारतारे झण्डा, अराजक बने प्रचण्डका कार्यकर्ता
रुकुम । तत्कालीन माओवादीको आधार किल्लाका रुपमा परिचित रुकुम पश्चिममा नेपाली कांग्रेसका राजनीतिक क्रियाकलापहरू दिन प्रतिदिन बढ्न थालेपछि आत्तिएका कम्युनिस्टहरूले राज्य सत्ताको आडमा सांघातिक आक्रमण थालेका छन् ।
तत्कालीन माओवादीको गढका रुपमा चिनिएका रोल्पा र दुबै रुकुममा नेपाली क्रमशः बर्चश्व बढाउँदै गएको छ । पूर्वमाओवादी ती जिल्लाहरूमा कमजोर हुँदै गएका छन् । कांग्रेसले गाउँगाउँमा राजनीतिक कार्यक्रमहरू गर्न थालेपछि आत्तिएका पूर्वमाओवादीहरू सांघातिक आक्रमणमा उत्रिएको नेपाली कांग्रेसले आरोप लगाएको छ ।
यसअघि केही हप्ता अगाडि पनि तत्कालीन माओवादीका कार्यकर्ताले रोल्पा र रुकमु पूर्वमा कांग्रेसका नेता कार्यकर्तामाथि आक्रमण गरेका थिए । रोल्पामा नेपाल तरुण दलका लिवाङ नगरका सभापति रोहित पुनलाई गोली हानेरै हत्या गरेका थिए । रुकुम पूर्वमा कांग्रेसले गरेको भलिवल कार्यक्रममा पनि आक्रमण गरेका थिए ।
पूर्वमाओवादीहरूले कांग्रेसमाथि हमला गर्न छाडेका छैनन् । रुकुम पश्चिममा नेपाल प्रेस युनियनका जिल्ला सचिव एवम् नागरिक दैनिकका पत्रकार लोकेन्द्र खनालमाथि सांघातिक आक्रमण गरेका छन् ।
तिहार मनाइरहेका बेला सत्तारुढ ने क पाका कार्यकर्ताले नागरिक दैनिकका संवाददाता खनाललाई सांघातिक आक्रमण गरेका हुन् । पत्रकार खनालको टाउकोमा गम्भीर चोट लागेको छ । पूर्वमाओवादीका कार्यकर्ताहरूले खनालको टाउकोमा छुरीले प्रहार गरेको प्रेस युनियनले जनाएको छ ।
आक्रमणबाट खनाल गम्भीर घाइते भएको घटनाले प्रेस युनियन आक्रोशित भएको जनाएको छ । नेकपामा क्रियाशील रहेका पूर्वमाओवादी नेता कार्यकर्ताको समूहले खनाललाई छुरी प्रहार गरी गम्भीर घाइते बनाएको प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
खनालसँगै भलिवलका राष्ट्रिय खेलाडी दीपक कुसारी, मदन कुसारी रिजाल सहित थप १२ जना व्यक्तिहरूलाई समेत ने क पा रुकुमका कार्यकर्ताले सांघातिक आक्रमण गरेका छन् ।
शुक्रबार अपरान्ह साढे ४ वजेतिर रुकुम वाफिकोटको वडा नं. ६ मग्माका स्थानीय सोनु परियारको शुद्धि कार्यक्रममा जाँदै गरेका पत्रकार खनाल, कुसारीसहितका व्यक्तिलाई नेकपाका अराजक कार्यकर्ताहरू कमलजंग खनाल, कर्णबहादुर कुसारी, कमोद कुसारी, विकास कुसारी, कनिल कुसारी, अमरसिंह कुसारी लगायत दर्जनौंको संख्यामा आएका कार्यकर्ताले सांघातिक आक्रमण गरेका थिए ।
आक्रमणमा परी घाइते भएकाहरूलाई उपचारका लागि जिल्ला सदरमुकाम खलङ्गामा लगिएको छ ।
दशैंको बेलामा समेत वाफिकोटका स्थानीय तह र रुकुम पश्चिमका स्थानीय प्रशासनले नेपाल लोकतान्त्रिक खेलकुद संघले गरेको कार्यक्रम बल प्रयोग गरेरै रोकेको थियो । केपी ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा नेतृत्व गरिएको नेकपा कांग्रेसको राजनीतिक गतिविधिबाट डराएको आरोप कांग्रेसको छ ।
‘त्यसयता रुकुम पश्चिममा ने क पाका कार्यकर्ताले डरको वातावरण सिर्जना गर्दै आएका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘भाइटीकाको दिन नै भएको यो आक्रमण राज्य संरक्षित गुण्डागर्दीको उदाहरण हो ।’
नेपाल प्रेस युनियनले राज्य संरक्षित गुण्डागर्दीमा परी गम्भीर घाइते भएका खनालको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै तत्काल उपचारको लागि व्यवस्था मिलाउन सरकारसँग जोडदार माग गरेको छ ।
‘गुण्डागर्दीमा उत्रिएका व्यक्तिहरुलाई तत्काल नियन्त्रणमा लिइ कडाभन्दा कडा कार्वाही गर्न माग गर्दछ। दोषीहरुलाई कार्वाहीमा ढीलासुस्ती गरिए देशभरका पत्रकार साथीहरुलाई लिएर सरकार विरुद्ध नै आन्दोलित हुने समेत चेतावनी दिन चाहन्छौ’, महासचिव सिवाकोटीले भनेका छन् ।
1 प्रतिकृया प्राप्त “कम्युनिस्टको किल्लामा गाडिन थाले चारतारे झण्डा, अराजक बने प्रचण्डका कार्यकर्ता”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

दोसिला इ कार्बही होस