प्रधानमन्त्रीको आलोचना गरेपछि पक्राउ परेका युवकबारेको समाचारप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण
काठमाडौं । गृह मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सामाजिक सज्जालमा गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोपमा पाँचथरका एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा प्रकाशित समाचारहरूप्रति मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
आइतबार गृह मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव अनिन्द काफ्लेले प्रेस विज्ञप्ति जारी गरेर साईबर अपराधमा जिल्ला अदालतबाट अनुमति लिई कानून बमोजिमको प्रक्रिया अवलम्बन गरी अनुसन्धान अगाडि बढाइएको बताएका छन । उनले सोही कममा हाललाई चैत्र २९ गते पोखरेललाई परिवारको जिम्मा लगाइएको बताएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता काफ्लेले भनेका छन्, ‘सरकार संविधानप्रदत्त नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्दछ । आफ्ना विचारहरू प्रकट गर्दा सभ्य, मर्यादित र जिम्मेवार हुनु प्रत्येक नागरिकको नैतिक कर्तव्य रहन्छ ।’
‘समाजमा उच्छृङ्खल गतिविधि गर्ने, सार्वजनिक अशान्ति फैलाउने, व्यक्तिको मानमर्दन गर्ने वा अपशब्द प्रयोग गरी गालीगलौज गर्ने जस्ता क्रियाकलाप प्रचलित कानून विपरीतका कार्य हुन्,’ प्रवक्ता काफ्लेले चेतावनी शैलीमा भनेका छन्, ‘यस किसिमका कार्यहरूमा सम्बन्धित निकायले नियमित प्रक्रिया अन्तर्गत निगरानी गरिरहेको व्यहोरा अनुरोध गर्दै प्रत्येक नागरिकको मौलिक हक र अधिकारको रक्षाका लागि सरकार सधैं प्रतिबद्ध रहेको जानकारी गराईन्छ ।’
प्रधानमन्त्री शाहसहितका विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई पाँचथरका युट्युवर रोशन पोखरेल आलोचना गरेर भिडियो पोस्ट गरेका थिए । प्रधानमन्त्री शाहलाई गालीगलौज गरेको भन्दै जिल्ला प्रहरी कार्यालय, पाँचथरले पोखरेललाई पक्राउ गरेपछि विरोध भएको थियो । विरोध खेप्न नसकेर प्रहरीले पोखरेललाई आइतबार छाडिदिएको थियो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया