मूल्य बढाएर गहुँ र चैते धानको समर्थन मूल्य कायम

काठमाडौं । सरकारले यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपियाँ कायम गरेको छ ।

यस पटक गहुँको समर्थन मूल्य गत वर्षभन्दा ७७ रुपियाँ ६२ पैसाले बढी हो । चैते धानको मूल्य प्रतिक्विन्टल २ हजार ८ सय ५६ रुपियाँ ४९ पैसा तोकिएको छ । यो मूल्य गत वर्षको तुलनामा ५५ रुपियाँ ८ पैसाले बढी हो ।

गत वर्षमा गहुँको मूल्य ३ हजार ८ सय ६७ रुपियाँ ३८ पैसा प्रतिक्विन्टल र चैते धान २ हजार ८ सय रुपियाँ ६९ पैसा प्रतिक्विटल थियो ।

चैते धानको समर्थन मूल्य १८ प्रतिशत चिस्यान भएको धानमा लागू हुनेछ । धानमा चिस्यानको मात्रा १८ प्रतिशतभन्दा बढी पाइएमा प्रतिक्विन्टल १ किलो २ सय ग्रामका दरले तौल घटाएर भुक्तानी दिइने व्यवस्था गरिएको छ ।

Published : Sunday, 2026 April 12, 5:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया