शीर्ष नेताहरूको सम्पत्ति छानविन गर्ने निर्णय म प्रधानमन्त्री भएको बेला गरेको हुँ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले सम्पत्ति शुद्धीकरणको फाइल खोल्न लागेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले शीर्ष नेताहरूको सम्पत्ति छानबिन गर्ने निर्णय आफू प्रधानमन्त्री रहँदा नै गरिएको बताएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडा, काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै दाहालले शीर्ष नेताहरूको सम्पत्ति छानविन गर्ने निर्णय आफ्नो कार्यकालमै भएको बताए । उनले यस विषयमा पटक–पटक उल्लेख गरिसकेको बताएका छन् ।

संयोजक दाहालले अहिलेको सरकारको काम–कारबाहीबारे टिप्पणी गर्न हतार गर्न नहुने बताएका छन् । उनले वर्तमान नेतृत्वलाई समय दिनुपर्ने उल्लेख गर्दै सकेसम्म राम्रो काम गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

Published : Saturday, 2026 April 11, 7:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया