औषधिको मूल्य वृद्धि गरिएको भन्दै छानबिन गर्न समिति गठन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधिको मूल्य वृद्धि गरिएको भन्दै छानबिन गर्न समिति गठन गरेको छ ।

औषधि व्यवस्था विभागका महानिर्देशन नारायणप्रसाद ढकालले कानूनी प्रक्रिया पूरा नगरी औषधिको मूल्य बढाउने निर्णय गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बिहीबार यसबारे उजुरी प्राप्त भएको र अनियमित तरिकाले मूल्य वृद्धि गर्ने काममा को कसको संलग्नता भएको हो खुलाइ प्रतिवेदन बुझाउन डा.श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा समिति गठन गरिएको छ ।

समितिले ७ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने समय सीमा पाएको छ । समितिको संयोजकमा डा.श्रीकृष्ण श्रेष्ठ (अतिरिक्त स्वास्थ्य सचिव÷स्वास्थ्य तथा जनसंख्या मन्त्रालय) तथा सदस्यहरूमा गोपीकृष्ण रेग्मी (स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कानून शाखा) र कविन मलेकु (विषय विज्ञ) रहेका छन् ।

Published : Friday, 2026 April 10, 9:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया