प्रधानमन्त्री शाहले साथ दिएपछि रुबी बनिन् उपसभामुख, अर्यालसँग लिइन शपथ

काठमाडौं । प्रतिनिधि सभाकी नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।

शुक्रबार राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित विशेष समारोहमा ठाकुरलाई सभामुख डोलप्रसाद अर्यालले शपथ ग्रहण गराएका हुन् ।

शपथ कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लगायत उच्च पदस्थको सहभागी रहेका थिए । शुक्रबार भएको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उम्मेदवार सरस्वती लामालाई पराजित गर्दै रुबीकुमारी निर्वाचित भएकी हुन् ।

उपसभामुखमा निर्वाचित ठाकुर यसअघि श्रम संस्कृति पार्टीबाट संसदमा प्रतिनिधित्व गरेकी थिइन् । रुबीकुमारीलाई उनको दल श्रम संस्कृतिसँगै सत्तारुढ दल रास्वपा, नेपाली कांग्रेस र नेकपाको समर्थन थियो । राप्रपाले भने एकल प्रतिस्पर्धा गरेको हो । एमालेले भने उपसभामुखको निर्वाचनमा भाग लिएन ।

प्रधानमन्त्री शाहले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई उपसभामुख दिन इच्छुक थिए । शाहकै आग्रहमा रास्वपाले उपसभामुखमा ठाकुरलाई समर्थन गरेको थियो ।

Published : Friday, 2026 April 10, 8:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया