वैदेशिक रोजगार विभागमा अख्तियारको छापा, नायब सुब्बा घुसको रकमसहित पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंका नायब सुब्बा हेमबहादुर मस्राङ्गीलाई घुस, रिसवतको रकमसहित नियन्त्रणमा लिएको छ ।
विभागको अनुसन्धान तथा मुद्दा शाखामा कार्यरत ३८ वर्षीय नायब सुब्बा हेमबहादुरलाई शुक्रबार अख्तियारको टोलीले विभागको प्रतिक्षालय नजिक रहेको शौचालयबाट बाहिर निस्कँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
हेमबहादुरसँग अख्तियारको टोलीले ९२ हजार ६ सय रुपयाँ र मोबाइल ३ थान बरामद गरेको छ । सेवाग्राहीसँग घुस, रिसवत माग गरेर हैरानी दिएको भन्ने सूचनाको आधारमा अख्तियारले छापामारेको जनाएको छ ।
नायब सुब्बालाई नियन्त्रणमा लिएर अख्तियारको टोलीले थप अनुसन्धान भइरहेको जनाएको छ । अख्तियारले पछिल्लो समय आफूलाई निकै सक्रिय बनाएको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया