राजस्व चुहावटमा चार करोड जरिवाना र कैद भएपछि फरार २ जना सीआईबीद्वारा पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले राजस्व चुहावट कसूरमा ४ करोड बढी जरिवाना र १ वर्ष कैद सजाय तोकिएको ठगी मुद्दाका युनिटी लाइफ इन्टरनेशनल लिमिटेडका सञ्चालक समेत २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
सीआईबीको टोलीले सर्लाहीको ब्रम्हपुरी नगरपालिका वडा नं. २ सखुवाबा स्थायी ठेगाना हाल काठमाडौंको कुलेश्वरबाट ३१ वर्षीय प्रवीणकुमार महतोलाई पक्राउ गरिएको शुक्रबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कुलेश्वरबाट शुक्रबार सीआईबीको टोलीले महतोलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
ठगी मुद्दामा सर्वोच्च अदालतको मिति २०८२ वैशाख २ गतेको फैसलाले २५ हजार रुपियाँ जरिवाना र २ वर्ष ५ महिना कैद सजाय ठहर भई फरार प्रतिवादी ५२ वर्षीय महेन्द्र केसीलाई पनि सीआईबीले पक्राउ गरेको छ ।
बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं. ३ घर भई हाल काठमाडौंको सामाखुसी बस्ने युनिटी लाइफ इन्टरनेशनल लिमिटेडका सञ्चालक केसीलाई प्रहरी टोलीले शुक्रबार सामाखुसीबाट पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया