रूबीकुमारीले पाइन प्रधानमन्त्री शाह र रास्वपाको साथ, उपसभामुख बन्ने निश्चित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रूबीकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ ।
शुक्रबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालय बसेको संसदीय दलको बैठकले उपसभामुख पदकी उम्मेदवार ठाकुरलाई मतदन गर्ने निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारी दिएका छन् । दलको बैठकमा प्रधानमन्त्री समेत रहेका संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) आफै उपस्थित रहेका थिए ।
बैठकमा प्रधानमन्त्री शाहका साथै सभापति रवि लामिछाने, गृहमन्त्री रवि लामिछाने लगायत पुगेका नेता र सांसदहरू सहभागी रहेका थिए ।
उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राप्रपाकी सरस्वती लामा उम्मेदवार छन् । श्रम संस्कृतिकी २५ वर्षीया ठाकुरले बिहीबार रास्वपाको समर्थनमा उम्मेदवारी दर्ता गराएकी थिइन् ।
प्रतिनिधि सभामा रास्वपा झण्डै दुईतिहाई बहुमतमा रहेको रास्वपाको साथ पाउँदा ठाकुर उपसभामुख निर्वाचित हुने पक्का छ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङको आग्रहमा प्रधानमन्त्री समेत रहेका दलका नेता शाहले उपसभामुख पदमा ठाकुरलाई समर्थन गरिएको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया