तेश्रो राष्ट्रिय रापिड तथा दोश्रो ब्लिट्ज चेस वैशाखमा हुने

काठमाडौं । स्व.रामहरिकृष्ण मानान्धर स्मृति तेश्रो रापिड तथा दोश्रो ब्लिट्ज राष्ट्रिय बुद्धिचाल प्रतियोगिता वैशाख १६ देखि १८ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

काठमाडौंको क्षेत्रपाटी क्लबले आफ्नो संस्थापक अध्यक्षको स्मृतिमा नगद ३ लाख पुरस्कारसहित राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आयोजक क्षेत्रपाटी क्लबका अध्यक्ष गोपाल मालीले नेपालमा चेस खेलको विकास तथा युवा प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यले बुद्धिचाल खेलमार्फत योगदान पु¥याउन पहिलो कोशिश रहेको जानकारी गराएका छन् ।

अध्यक्ष गोपाल मालीका अनुसार कुल नगद पुरस्कार राशी ३ लाख रुपियाँ रहेको छ, जसअन्तर्गत र्‍यापिडतर्फ २ लाख रुपियाँ र ब्लिट्जतर्फ १ लाख रुपियाँ छुट्याइएको छ ।

¥यापिडतर्फको विजेताले नगद ३५ हजार पुरस्कार, द्वितीयले २५ हजार, तृतीयले १५ हजार, चौथोले १० हजार, पाँचौले ८ हजारसहित अन्य ३४ जनाले विधमगत पुरस्कार जित्ने छन् ।

यसैगरी ब्लिट्जतर्फ प्रथम स्थान हासिल गर्नेले नगद १५ हजार, द्वितीयले १० हजार र तृतीयले ८ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । ब्लिट्ज खेलमा २० जना खेलाडीले विधागत पुरस्कार प्रदान गरिनेछ ।

नेपाल बुद्धिचाल महासंघको तत्वावानमा सञ्चालन गरिने राष्ट्रिय र्‍यापिड र ब्लिट्ज दुवै विधाका राष्ट्रिय विजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी गराउने महासंघका अध्यक्ष हेराकाजी महर्जनले बताए ।

प्रतियोगिताका प्रमुख निर्णायक एफए सोराज ताम्राकारले ब्लिट्जतर्फ ३ मिनेटप्रति चाल २ सेकेन्ड थप इन्क्रिमेन्ट र र्‍यापिडतर्फ १५ मिनेटप्रति चाल १० सेकेन्ड इन्क्रिमेन्ट समय नियन्त्रणमा खेलाइने जानकारी गराएका छन् ।

निर्णायक ताम्राकारले दिएको सुचनामा खेलाडीले अनलाइन दर्ता फाराम भरेर वर्ल्ड चेस फेडेरेशनको स्वीस लिग प्रणाली अन्तर्गत दुवै विधा समान ९ चरणको खेलवाट विजेता निर्धारण गरिनेछ ।

नेपाल चेसका प्रवक्ता राजु ताम्राकार वर्तमानमा चेस पछिल्ला वर्षहरूमा व्यापक लोकप्रियता हासिल गर्दै आएका छन्, जसले नयाँ खेलाडी उत्पादन र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा जारी राखेको छ । आर्थिक वर्ष अन्तिमसम्म खेल आयोजकहरूको टुङ्गो लागिसकेको छ ।

Published : Wednesday, 2026 April 8, 8:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया