भूमि मन्त्रालयको समितिको औचित्य छैन, फेवातालको अबैधानिक संरचना हटाइयोस् : सांसद डा.रेग्मी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.धनञ्जय रेग्मीले फेवातालको मापदण्डभित्र बनेका अबैध भौतिक संरचना छिटो हटाउन माग गरेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद डा.रेग्मीले भूमि सुधार मन्त्रालयले फेवाताल अतिक्रमण गरेर बनाइएका भौतिक संरचना हटाउन सर्वोच्च अदालतले दिएको आदेशलाई कार्यन्वयनका लागि अध्ययन गर्न बनाइएको समितिप्रति असन्तुष्टि जनाए ।
उनले भने, ‘फेवाताल संरक्षणबारे सरकार र सदनको ध्यानाकर्षण गराउन चाहन्छु । सर्वोच्च अदालतले फेवातालको किनाराबाट ६५ मिटरभित्र बनेका सबै अबैध संरचन हटाउन आदेश दिएको थियो ।’
‘त्यसपछि गण्डकी प्रदेशको मुख्यमन्त्रीज्यूको संयोजकत्वमा गठित समितिले ६५ मिटर सीमाभित्र पर्ने संरचना पहिचान गरेर सोही आधारमा हटाउने प्रक्रिया पनि शुरु भयो,’ सांसद डा.रेग्मीले भने ।
‘अहिले फेरि भूमि मन्त्रालयले उहि कामका लागि अर्को समिति गठन गरेको छ,’ रास्वपाका सांसद डा.रेग्मीले भने, ‘पहिला नै निर्णय, अध्ययन र फैसला कार्यान्वयन हुँदै गरेको अवस्थामा त्यसलाई ओझेल पार्ने गरी अर्को समिति बनाउनुको औचित्य देखिदैन ।’
सांसद डा.रेग्मीले भने, ‘यसले कतै सर्वोच्च अदालतको आदेश कार्यान्वयनमा ढिलाइ गर्ने वा त्यसबाट पछाडि हट्ने प्रयास त होइन भन्ने गम्भीर आशंका पैदा भएको छ । त्यसैले म सदनमार्फत नेपाल सरकारलाई सर्वोच्च अदालतको आदेश तत्काल गरि फेवातालको ६५ मिटरको मापदण्डभित्र बनेका अबैध संरचना हटाउन अनुरोध गर्दछु ।’
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया