सभामुखको निर्वाचनबाट गगनको बदलिएको कांग्रेस भाग्यो, रविले देलान् गगनलाई उपसभामुख ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग उपसभामुखको आशा राखेर बदलिएको कांग्रेसका सभापति गगनकुमार थापाले सभामुखमा उम्मेदवारी दर्ता नै गर्न दिएनन् ।
लोकतन्त्रमा जित र हार भनेको स्वभाविक हो । प्रतिस्पर्धामा कि जित हुन्छ । कि पराजय हुन्छ । जित र हार लोकतन्त्रको सुन्दर पक्ष हो ।
गगनले कांग्रेसको तर्फबाट शुक्रबार सभामुख पदमा उम्मेदवारी दर्ता नै गर्न दिएनन् । गगनले उपसभामुख पदमा च्याखे थाप्न सभामुखमा उम्मेदवारी नदिएका हुन् । तर, रास्वपाले गगनको कांग्रेसलाई उपसभामुख दिने पक्षमा छैन ।
झण्डै दुईतिहाइको बहुमत प्राप्त गरेको रास्वपाको सरकार छ । भोलिका दिनमा संवैधानिक परिषदको बैठकमा उपसभामुखका कारण प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई समस्या झेल्नुपर्ने अवस्था आउँछ । सोही कारण रास्वपाले गगनले नेतृत्व गरेको कांग्रेसलाई उपसभामुख दिने पक्षमा छैन । तर, गगनले रास्वपाले उपसभामुखको भाग देला र खाउँला भनेर पर्खिएर बसेका छन् ।
उपसभामुखको आशा राख्नेमा गगन नेतृत्वको कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टी (श्रसंपा) छन् ।
गगन नेतृत्वको कांग्रेसले रास्वपाको झण्डै दुईतिहाइ बहुमत छ किन सभामुख पदमा उम्मेदवार भनेर तर्क दिन सक्छन् । तर्कका लागि जे पनि भन्न सकिन्छ । कांग्रेसले उम्मेदवारी दिएर सभामुखको निर्वाचनको दिन उम्मेदवारी फिर्ता लिएर पनि रास्वपाका उम्मेदवारलाई समर्थन गर्न सकिन्थ्यो । तर, गगन नेतृत्वको बदलिएको कांग्रेस मैदानबाट भाग्यो । प्रतिस्पर्धा गर्नबाट डरायो । कांग्रेसका लागि यो जस्तो लज्जास्पद कुरा केही होइन ।
एउटा उखान नेपाली समाचारमा निकै चर्चित छ । ‘मालिकले खाएको मासुको हड्डी कतिबेर फ्याँक्छ र आफूले चुस्न पाइन्छ भनेर कुकुरहरू पर्खिएर बस्छन्’ । उपसभामुखको विषयमा पनि कांग्रेससहितका दलहरूको अवस्था पनि त्यही छ ।
उपसभामुख पद रास्वपाका सभापति रवि लामिछानेले कसलाई निगाह गर्छन् भनेर मुख मिठ्याइरहेका गगन नेतृत्वको कांग्रेस, एमाले, राप्रपा, श्रसंपा बसेका छन् ।
गगन नेतृत्वको कांग्रेससहितका दलहरूले रास्वपाका सभापति लामिछानेलाई नचिढ्याउन डोलप्रसाद अर्याल (डीपी)विरुद्ध सभामुख पदमा उम्मेदवारी दिएनन् । सभामुखको निर्वाचनमा लोकतन्त्रको सुन्दर पक्ष अर्थात् मित्रवत् प्रतिस्पर्धालाई गगन नेतृत्वको कांग्रेसले फरिया लगाइदिएको छ ।
सभामुख शौचालय जाँदा मात्र जिम्मेवारी पाउने र विदेश जाँदा आफू पनि बेकामे भएर बस्नुपर्ने मामुली पद उपसभामुख भए पनि संवैधानिक परिषदको सदस्य समेत भएकाले कतै संवैधानिक नियुक्तिमा भाग पाइहालिन्छ कि भन्ने यी दलहरूको आशा रहेको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया