बालेन सरकारको ऐतिहासिक र बोल्ड निर्णयसँगै फेवाताल अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चल्यो
पोखरा । फेवातालको किनारमा अतिक्रमण गरेर बनाइएका मापदण्ड विपरीतका संरचनाहरूलाई सरकारले हटाउन शुरु गरेको छ ।
शनिबार बिहान पोखराको फेवाताल किनारामा बनाइएको कर्ण शाक्यको स्वामित्वमा रहेको ‘वाटर फ्रन्ट रिसोर्ट’मा सरकारले डोजर चलाएको छ । यो रिसोर्टले तालको ६५ मिटर सुरक्षा क्षेत्रमा अतिक्रमण गरेको पाइएपछि लामो विवाद चल्दै आएको थियो ।
सर्वोच्च अदालतको ऐतिहासिक फैसलामा फेवातालको संरक्षणका लागि किनारबाट ६५ मिटरभित्र कुनै संरचना नबनाउने आदेश दिइसकेको छ । सो फैसलाको आधारमा सरकारका नाममा सबै मापदण्ड विपरीत होटल र रिसोर्ट भत्काउन आदेश जारी भएको थियो ।
पोखरा महानगरपालिकाले वर्षौंदेखि ढिलाइ भइरहेका आदेशलाई अन्ततः कार्यान्वयनमा ल्याएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पनि हालै मेयरसँग फोनमा तालको अतिक्रमण हटाउने कार्यको प्रगतिबारे चासो देखाएका थिए ।
स्थानीय प्रशासनका अनुसार फेवाताललाई पूर्ववत् अवस्थामा फर्काउने र सरकारी मापदण्ड कडाइका साथ लागू गर्ने अभियानअन्तर्गत मातदण्ड विपरीतका भौतिक संरचना हटाउन थालिएको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया