पत्नीको ‘पावर’मा राजनीतिक नियुक्ति खाएका बदलिएको कांग्रेसका ‘ज्वाइँसाब’हरू, रविले दिए चेतावनी

काठमाडौं । राजनीतिक नियुक्ति खानेमा नेपाली कांग्रेसका ‘ज्वाइँसाब’हरू अग्रपंक्तिमा देखिएका छन् ।

गगनकुमार थापा नेतृत्वको कांग्रेसको कार्यसमिति रहेका नेतृहरूका पति अर्थात् ‘ज्वाइँसाब’हरू राजनीतिक नियुक्ति खाने अग्रपंक्तिमा पर्छन् । कांग्रेस सत्तामा रहेका बेला नेपाली कांग्रेसको नामबाट महिला नेतृहरूले आफ्ना पतिलाई आकर्षक पदहरूमा नियुक्ति दिलाए । आफूहरूले पनि नियुक्ति खाए । अवसर लिए । अहिले तिनै महिला नेतृहरू कांग्रेस बदल्नुपर्छ भन्दै र आफूहरूले केही नपाएको भनेर सबैभन्दा ठूलो–ठूलो स्वरमा कराउँदै गगन थापाको सुध्रिएको कांग्रेसमा लागेका छन् ।

गगन थापा नेतृत्वको बदलिएको कांग्रेसको केन्द्रीय उपसभापति पुष्पा भुसाल गौतम, सह–महामन्त्री डिला संग्रौला पन्त र केन्द्रीय सदस्य नवोदिता चौधरीका श्रीमानले राजनीतिक नियुक्ति खाएका छन् ।

गगन थापा नेतृत्वको कांग्रेसकी उप–सभापति पुष्पा भुसाल गौतमका श्रीमान् डा.चोपलाल भुसाल नेपाल मेडिकल काउन्सिलका अध्यक्ष छन् । डा.भुसाल यसअघि राजदूत समेत थिए ।

सह–महामन्त्री रहेकी डा.डिला संग्रौला पन्तका श्रीमान् सूर्य संग्रौला वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार बन्न सफल भएका छन् ।

गगन थापा नेतृत्वको कांग्रेसको केन्द्रीय सदस्य नवोदिता चौधरीका श्रीमान् पशुपति चौधरी रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका अध्यक्ष बन्न सफल भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आग्रहको सम्मान र स्वीकार गर्दै कांग्रेसी ‘ज्वाइँसाब’हरूले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्छ । कि निर्लज्ज भएर पदमै टाँसिरहने हो ?

नैतिकताका आधारमा पदबाट राजीनामा दिएर लाज बचाउने हैन त राजनीतिक नियुक्ति खाएका कांग्रेसी ‘ज्वाइँसाब’हरू ? कि श्रीमती ‘ब्याच’ खाएर नैतिकता गुमाएर पदमै बसिरहने हो ? भनेर प्रश्न उठ्न थालेको छ ।

रास्वपाका सभापति लामिछानेले राजनीतिक नियुक्ति खाएका सार्वजनिक निकायका पदाधिकारीलाई स्वेच्छाले पद छाडेर मार्ग प्रशस्त गर्न आग्रह गरिसकेका छन् । बिहीबार बसेको संसदको बैठकमा सम्बोधनका क्रममा सभापति लामिछानेले शक्तिको आडमा राजनीतिक नियुक्ति खाएका कांग्रेसी ‘ज्वाइँसाब’हरूसहित सबैलाई आग्रह गरेर राजीनामा दिन आग्रह गरेका छन् ।

संसद बैठकमा रास्वपाका सभापति लामिछानेले भने, ‘हिजो संविधान र कानुनको आवरणमा नेता र पार्टीका सिफारिसबाट नियुक्ति लिएकाहरूले स्वेछिकरुपमा राजीनामा दिँदै विधिको पालना गर्नमा सहयोग गरिदिन हुन म अपील गर्न चाहन्छु । सरकार नयाँ, नीति, कानून, मापदण्ड र मान्यताका आधारमा स्वच्छ र प्रतिस्पर्धात्मक नियुक्ति प्रक्रिया लागू गर्न चाहन्छ । हिजो नियुक्ति लिएका सार्वजनिक निकायका पदाधिकारीहरूले स्वेच्छाले मार्ग प्रशस्त गरिदिनुहुनेछ भन्ने अपेक्षा गर्दछु ।’

Published : Friday, 2026 April 3, 8:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया