कांग्रेसलाई यो हालतमा पुर्याउने जिम्मेवारी भृकुटीमण्डप भेलाका आयोजकले लिनुपर्छ : प्रकाशमान सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भृकुटीमण्डप भेला आयोजकहरूकै कारण निर्वाचनमा कांग्रेसको दुरगति भएको बताएका छन् ।
बुधबार काठमाडौंको धुम्बाराहीमा कार्यबाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नेता सिंहले कांग्रेस अहिलेको हालतमा पुग्नुको कारण भृकुटीमण्डप भेलाको कथित विशेष महाधिवेशन रहेको बताए । कांग्रेसलाई अहिलेको दुरगतिमा पु¥याउने जिम्मेवारी भृकुटीमण्डप भेलाका आयोजकहरूले लिनुपर्ने बताए ।
उनले भने, ‘हामी भदौ २३ र २४ पछि पनि अलि अल्छी भयौं । कांग्रेस अहिलेको अवस्थामा आइपुग्नुको कारण भृकुटीमण्डप भेला नै हो ।’
‘निर्वाचन आयोगको निर्णयपछि त्यस्तो निर्णय गर्ने निर्वाचन आयोगले गरेको चुनाव लड्न हुँदैन भनेर मैले सभापति(शेरबहादुर देउवा)लाई भनेको थिएँ । निर्वाचन आयोग निष्पक्ष नभएकाले चुनाव लड्नु गलत थियो,’ नेता सिंहले भनेका छन् ।
कांग्रेसलाई डिजाइनअनुसार नै समाप्त पार्ने खेल भएको नेता सिंहले बताए । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय तत्वको षड्यन्त्रमा केही नेताहरू परेकाले कांग्रेस छिन्नभिन्न हुन पुगेको बताए ।
कांग्रेसलाई संगिठत र मजबुत बनाउन ठूलो मेहनत गर्नुपर्ने भन्दै नेता सिंहले कांग्रेस कमजोर हुँदा संविधान, लोकतन्त्र र मुलुक नै संकटको अवस्थामा रहेको बताएका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया