कांग्रेस बलियो बनाउन बैठक गरेका हौं, अर्को पार्टी गठन गर्न जम्मा भएको हैन : सभापति बलायर
काठमाडौं । नेपाली कांग्रेसका नेता वीरबहादुर बलायरले आफूहरू अर्को पार्टी गठन गर्न जम्मा नभएको भन्दै बैठक, भेला हुने अधिकार रहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता बलायरले भने, ‘यो अधिकारको कुरा हो । अर्को पार्टी गठन गर्न जम्मा भएको हैन, अधिकारको कुरा हो ।’
‘कसैलाई खुइल्याएर कोही बलियो हुने अवस्था छैन । सबै खुइलिएको अवस्था छ,’ सुदूरपश्चिम कांग्रेसका सभापति समेत रहेका नेता बलायले भनेका छन् ।
उनले पार्टीलाई एकताबद्ध बनाउन आह्वान गरेका छन् । उनले एकअर्कालाई खुइल्याएर कसैको भलो नहुने बताए ।
पार्टीको आधिकारिकता पुष्टि गरेर मात्र नहुने भन्दै नेता बलायरले वास्तविकता स्वीकारेर एकतामा जानुपर्ने बताएका छन् ।
‘हामी बलियो छौँ । आधिकारिकता पुष्टि गरेर मात्र पुग्दैन । यो समय दुवैपक्षले चिन्तन गर्ने बेला हो,’ उनले भने, ‘वास्तविकतालाई स्वीकार गरेर एकतामा जानुपर्छ ।’
सभापति बलायले आफूहरूको छलफललाई समानान्तर गतिविधि भन्न नमिल्ने बताए । उनले बैठकमा समग्र राजनीतिक विषयमा छलफल भएको जानकारी दिएका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया