प्रधानमन्त्री शाहद्वारा सुदूरपश्चिमका सांसदहरूसँग भेट, ओलीको रिहाइबारे बोलेनन्

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन् ।

मंगलबार सिंहदरबारमा प्रधानमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री शाहसँगको छलफलमा एमालेका सांसद ऐनबहादुर महरसहित एमाले सांसदहरूले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गरेका छन् । ओलीको रिहाइको मागका विषयमा प्रधानमन्त्री शाहले कुनै प्रतिक्रिया दिएनन् ।

प्रधानमन्त्री शाहले गेटाको विषयमा अहिले हस्ताक्षर गर्नुपरे पनि तयार रहेको आश्वासन दिएका छन् । उनले हस्ताक्षर कहिले गर्ने भनेर प्रश्न पनि गरेका छन् ।

प्रधानमन्त्री शाहसँग सांसदहरूले सेती लोकमार्गको विषयमा पनि चासो राखेका छन् । उनीहरूले कैलाली–खक्रौला नाकादेखि चीनको सिमाना ताक्लाकोटसम्मको बाटो निर्माणको काम अघि बढाउन सुझाव दिएका छन् ।

Published : Tuesday, 2026 March 31, 4:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया