ओली-लेखक गिरफ्तारीको विरोधमा एमालेद्वारा उथलपुथल मच्चाउने गरी शक्तिशाली आन्दोलन घोषणा
काठमाडौं । राजनीतिक प्रतिशोधमा पार्टी अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारीको विरोधमा एमालेले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
मंगलबार पार्टी कार्यालय, ललितपुरमा बसेको सचिवालयको बैठकले ओली र लेखकलाई प्रतिशोधपूर्ण र बदला प्रेरित गिरफ्तारीविरुद्ध भएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले प्रहरीमार्फत गरेको दमनको घोर भर्त्सना गर्ने निर्णय गरेको सचिव महेश बस्नेतले बताए ।
एमालेले चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलन केन्द्रित बृहत भेला गर्ने निर्णय गरेको छ । चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने निर्णय भएको सचिव बस्नेतले बताए ।
वैशाख ३ गते वडा तहमा भेला गर्ने निर्णय गरेको एमालेले वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने निर्णय भएको सचिव बस्नेतले बताए ।
एमालेले वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने, सरकारद्वारा विद्यार्थी तथा पेशागत संगठनहरूसम्बन्धी गरिएका गतिविधिहरूका विषयसमेत समेटेर सबै जनसंगठनहरूले आ–आफ्नो ढङ्गले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने निर्णय गरेको छ ।
भोलि बुधबार चैत्र १७ गते ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्ने निर्णय पनि एमालेले गरेको छ ।
सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई एमालेको सचिवालय बैठकले जिम्मेवारी दिएको छ ।
संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा र सचिव पदमा अर्याललाई जिम्मेवारी दिइएको छ । भोलि चैत १७ गते ३ बजे एमालेको संसदीय दलको बैठक पार्टी कार्यालय, ललितपुरमा बस्नेछ ।
आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरिएको सचिव बस्नेतले बताएका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया