कांग्रेसको बैठकमा खड्का–कोइरालासहित नेताहरूको लोभलाग्दो उपस्थिति, एकजुट भइ उठेर पार्टी बचाउने
काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्था र भावी रणनीति तयार पार्न नेपाली कांग्रेसका नेताहरूको बैठक बसेको छ ।
मंगलबार काठमाडौंमा कार्यबाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकमा डा.शेखर कोइरालासहितका ७० भन्दा धेरै पदाधिकारी र केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको छ । केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल केन्द्रित रहने बताएकी छिन् । उनले भनिन्, ‘मुलुकको जटिल अवस्थामा कांग्रेसलाई कसरी एकजुट बनाएर लैजान सकिन्छ ? भन्ने विषयमा छलफल केन्द्रित छ । नेताहरूले मुलुक कठिन अवस्थामा रहेका बेला कांग्रेस विभाजत हुनु हुँदैन भन्ने पक्षमा रहेको पाएको छु ।’
केन्द्रीय सदस्य खतिवडाले भनिन्, ‘छिन्नभिन्न भएको कांग्रेसलाई समेटेर अगाडि बढ्ने दायित्व आएको छ । हामी एक भएर उठ्छौँ । कांग्रेस बचाउँछौँ ।’
बैठकमा सह–महामन्त्रीहरू बद्रीप्रसाद पाण्डे, जीवन परियार महालक्ष्मी उपाध्याय ‘डिना’, प्रवक्ता डा.प्रकाशशरण महतका साथै केन्द्रीय सदस्यहरू डा.शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शशांक कोइराला, बलबहादुर केसी, आनन्दप्रसाद ढुङ्गाना, एनपी साउद, दीपक गिरी, श्यामकुमार घिमिरे, रामहरि खतिवडा, अम्बिका बस्नेत, ईश्वरीदेवी न्यौपाने, रमा कोइराला पौड्याल, विद्यादेवी तिमल्सिना, लक्ष्मी खतिवडा, सरस्वती बजिमय, मानबहादुर विश्वकर्मा, राजीवविक्रम शाह, मानबहादुर नेपाली, ध्यानगोविन्द रञ्जित, जीवनबहादुर शाही, मोहनबहादुर बस्नेत, जीतजंग बस्नेत, मीन विश्वकर्माको उपस्थिति रहेको छ ।
डा.मीनेन्द्र रिजाल, पदमनारायण चौधरी, मदन अमात्य, सीता गुरुङ, भीम पराजुली, सरस्वती अर्याल तिवारी, महिन्द्र लिम्बु, गेहेन्द्र गिरी, शिव हुमागाई, उमेशजंग रायमाझी, दिलेन्द्र बडू, सुजाता परियार, हरिशंकर परियार, गुरु बराल, शान्ति परियार बिक, सीता राना, गणेश लामा, कुन्दन काफ्ले, पुष्प पराजुली, अर्जुनजंगबहादुर सिंह, राधा घले, डा.रणबहादुर रावल, कल्याणी रिजाल, किरण पौडेल, प्रदीप सुनुवार, गोविन्द भट्टराई, आशा बिक, शारदा पौडेल, जीवन राना र सुशीला मिश्र, सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, कर्णाली प्रदेश सभापति ललितजंग शाही लगायतको पनि उपस्थिति रहेको छ ।
भृकुटीमण्डप भेलाबाट गगनकुमार थापाले नेपाली कांग्रेसलाई हाइज्याक गरेपछि कार्यबाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बैठक, छलफल र कार्यक्रमहरू हुँदै आएका छन् । निर्वाचन आयोगले सभापति शेरबहादुर देउवा र कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई सफाइको मौका नै नदिएर गगनकुमार थापालाई आधिकारिकता दिएपछि आयोगको निर्णयविरुद्ध कार्यबाहक सभापति खड्कासहितको बहुमत कार्यसमिति सर्वोच्च अदालतमा न्यायका लागि गएको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया