बदलिएको कांग्रेसका हारेका नेताहरूद्वारा जितेका सांसदहरूलाई अभिमुखी

काठमाडौं । नेपाली कांग्रेसका निर्वाचित र समानुपातिक सांसदहरूलाई पराजित नेताहरूले अभिमुखी र संसदीय सचेतनाको कार्यक्रम चलाएका छन् ।

शनिबार बदलिएको कांग्रेसका भावी प्रधानमन्त्रीको उम्मेदवार बनेर पराजित भएका गगनकुमार थापासहितका नेताहरूले सांसदहरूलाई प्रशिक्षण र निर्देशन दिएका छन् । निर्वाचनमा पराजित भएका गगन थापा, गुरुराज घिमिरे, प्रदीप पौडेलले समेत सांसदहरूलाई निर्देशन दिएका छन् । गुरुराज घिमिरे र पुष्पा भुसाल अहिलेसम्म निर्वाचित हुन सकेका छैनन् । विश्वप्रकाश शर्मा जम्मा एक पटक त्यो पनि गठबन्धनका बेला झापाबाट सांसदमा निर्वाचित भएका थिए ।

पराजित भएका गगन थापासहितका नेताहरूले निर्वाचित भएका सांसदहरूलाई दिएको अभियमुखीकरणबारे सामाजिक सञ्जालमा हास्यव्यङ्ग्य गराइएको छ ।

पराजित भएका नेताहरूले पार्टीका तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित र राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूका लागि ‘संसदीय सचेतना’ अभिमुखीकरण कार्यक्रम चलाएका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० जना निर्वाचित भएका छन् । राष्ट्रिय सभामा कांग्रेसबाट नौं जना नवनिर्वाचित सांसदहरू छन् ।

Published : Saturday, 2026 March 28, 8:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया