ललितपुरमा दाहाललाई चेस च्याम्पियनको उपाधि
जावलाखेल । तीन पटकका राष्ट्रिय विजेता बद्रीलाल नेपालीको ६४औं जन्मोत्सव अवसरमा आयोजित फिडे रापिड रेटिङ चेस प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ ।
देशभरका प्रतिभाशाली १५० जना राष्ट्रिय खेलाडीहरूको सहभागिता रहेको प्रतिस्पर्धामा ८ अंक सहित झापाका सुश्रुत दाहाल प्रथमस्थान हासिल गर्न सफल भएका छन् । ललितपुरमा शनिबार प्रतियोगिता सम्पन्न भएको छ ।
पभिलियन चेस एकेडेमिका प्रशिक्षक सुश्रुतले अन्तिम चरणको खेलमा सेतो गोटीवाट खेलेका युवा खेलाडी मुहान नरसिंह श्रेष्ठको गल्ती समाउँदै टाइब्रेकरका आधारमा उपाधि जितेका हुन् ।
कालो गोटीबाट खेलेका सिएम सुश्रुत दाहालले उपाधिसँगै नगद पुरस्कार २० हजार, आकर्षक ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
दोस्रो बोर्डमा काठमाडौंका सिएम पुरुषोत्तम सिलवालले एफएम क्षितिज भण्डारीविरुद्ध कठिन जित दर्ता गर्दै समान ८ अंक सहित दोस्रो स्थानमा रहे ।
कालो गोटी लिएर खेल जितेका पुरुषोत्तमले द्वितीय पुरस्कार नगद १५ हजार, मेडल तथा प्रमाणपत्र हात पारेका छन् ।
पाँचथरका रिशान थापा ७.५ अंक जोडेर तेस्रो हुँदै नगद रु. १० हजार, काठमाडौंका पुरुषोत्तम चालागाईं चौथो बन्दै नगद रु. ८ हजार प्राप्त गरेका छन् ।
स्पर्धामा ७ अंक जोडेर दोलखाका आशिष फुँयाल, मकवानपुरका एफएम क्षितिज भण्डारी, पाँचथरका महेन्द्रकुमार सम्बाहाम्फे क्रमशः पाँचौ, छैटौं र सातौ स्थान कब्जा जमाउँदै नगद पुरस्कार प्राप्त गरेका छन् ।
६.५ अंक जोडेका खोटाङका खेलाडी धिरेन राई, सुनसरीका मुहान नरसिंह श्रेष्ठ, काठमाडौंका सिएम केशव श्रेष्ठ दशौं भए ।
समान अंकका साथ मोरङका प्रेम खड्का, भक्तपुरका निकेन कुसाथा, धनुषाका सुशील चौधरी, सर्लाहीका कमल श्रेष्ठ तथा भक्तपुरका गणेशमान दुवाल क्रमशः पन्ध्रौं स्थानमा अन्त्य गर्दै नगद पुरस्कार ग्रहन गरेका छन् ।
महिला विधातर्फ तीनजना काठमाडौंका राधिका पौडेल प्रथम, सिन्डिरा जोशी द्वितीय र नेलिशा ओझा तृतीय भइन् ।
अनरेटेडतर्फ झापाका मुकुन्द घिमिरे उत्कृष्ट घोषित भए । काठमाडौंका राज केसी र हेटौंडाका रिवाज श्रेष्ठ क्रमशः दोस्रो र तेस्रो बनेका छन् ।
विभिन्न रेटिङ र उमेर समूहतर्फ पनि छुट्टाछुट्टै पुरस्कार प्रदान गरिएको थियो । उत्कृष्ट इलो १९०० मा चितवनका सन्तोष गौतम, १८०० मा सिन्धुलिका हेम भण्डारी, १७०० मा दोलखाका प्रवीन मगर र १६०० मा दीपन मैनाली उत्कृष्ट घोषित भए ।
५५ वर्षको भेट्रानतर्फ सिएम भगवती प्रसाद शर्मा र ६० वर्षमा मोरङका पूर्णराज खड्का विजेता बने । किशोरतर्फ युवा १६ मा मोरङका काशिव कार्की, युवा १४ मा प्रवीन केसी, युवा १२ मा गोरखाका अभिक रेग्मी र युवा १० मा सुनभ ओझाले उत्कृष्ट बन्दै नगद जिते ।
नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले विजेता खेलाडीलाई कूल १ लाख ५१ हजार रुपियाँ पुरस्कार वितरण गरेका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया