लेखकलाई पक्राउ गरेको विरोधमा कांग्रेसद्वारा प्रदर्शन, एमाले पनि प्रदर्शनमा मिसियो

महेन्द्रनगर । नेपाली कांग्रेसले पूर्व गृहमन्त्री एवम् केन्द्रीय सदस्य रमेश लेखकको गृहजिल्ला कञ्चनपुरमा प्रदर्शन गरेको छ ।

शनिबार भक्तपुरबाट प्रहरीले लेखकलाई पक्राउ गरेको विरोधमा कांग्रेसले महेन्द्रनगरमा प्रदर्शन गरेको हो । पार्टी कार्यालयबाट शुरू भएको कांग्रेसको विरोध प्रदर्शन उद्योग वाणिज्य संघ भवन भएर पुष्पलाल चोकतर्फ अघि बढेको थियो ।

प्रदर्शन पुष्पलाल चोक भएर बजारमा प्रदर्शन गर्दै राजा महेन्द्रको शालिक पुनःस्थापना गरेको स्मारक नजिकै कोणसभामा परिणत भएको छ ।

कांग्रेसको विरोध प्रदर्शनमा एमाले पनि मिसिएको छ । कांग्रेसको प्रदर्शन पार्टी कार्यालय भएर पुष्पलाल चोकतर्फ अघि बढेपछि एमाले पनि मिसिएको हो ।

बालेन्द्र शाह नेतृत्वको सरकारको निर्देशनमा प्रहरीले लेखकपछि पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि पक्राउ गरेको छ ।

Published : Saturday, 2026 March 28, 7:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया