ओलीलाई पक्राउ गरेको विरोधमा काठमाडौंमा पटक पटक झडप, देशभरि प्रदर्शन

काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको दुईतिहाईको सरकारले पूर्वप्रधानमन्त्री केपी ओलीलाई राजनीतिक पूर्वाग्रही भएर पक्राउ गरेको भन्दै एमालेका नेता तथा कार्यकर्ताहरूले देशभरि प्रदर्शन गरेका छन् ।

शनिबार भक्तपुरको गुण्डुस्थित निवासबाट एमाले अध्यक्ष ओलीलाई प्रहरीले पक्राउ गरेपछि विरोधमा एमालेका नेता तथा कार्यकर्ताहरूले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानहरूमा प्रदर्शन गरेका छन् ।

झापा, पोखरा, जुम्ला, दोलखा, सुर्खेत, कञ्चनपुर लगायतका स्थानमा प्रदर्शन भएका छन् । प्रदर्शनका क्रममा एमाले अध्यक्ष ओलीको रिहाइको माग गरेका छन् । प्रदर्शनकारीहरूले दुईतिहाईको सरकारले राजनीतिक प्रतिशोध राखेर पूर्वप्रधानमन्त्री ओलीलाई पक्राउ गरेको जनाएका छन् ।

काठमाडौंमा प्रदर्शनका क्रममा भएको झण्डपमा एमालेका केही प्रदर्शनकारी घाइते भएका छन् । केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदर्शनकारीले केही सवारी साधनमा क्षति पनि पु¥याएका छन् । काठमाडौंको बबरमहल क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच पटक पटक झडप भएको छ ।

Published : Saturday, 2026 March 28, 6:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया