तरुण दलद्वारा ओली–लेखक पक्राउको भर्त्सना, प्रतिशोधले राष्ट्रलाई अस्थिरतातर्फ लैजाने गतिविधि
काठमाडौं । नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई राजनीतिक प्रतिशोध राखेर पक्राउ गरिएको भन्दै भर्त्सना गरेको छ ।
शनिबार प्रेस विज्ञप्ति जारी गरेर तरुण दलका अध्यक्ष विद्वान गुरुङले दुईतिहाईको सरकारद्वारा गरिएको यस्ता एकपक्षीय र दुराशयपूर्ण कदमहरूले लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि ठाडो प्रहार भएको जनाएका छन् ।
अध्यक्ष गुरुङले भने, ‘पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा गरिएको पक्राउप्रति नेपाल तरुण दलको घोर भर्त्सना गर्दै कडा निन्दा गर्दछ ।’
‘यस्ता एकपक्षीय र दुराशयपूर्ण कदमहरूले लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि ठाडो प्रहार गर्नुका साथै देशलाई अनावश्यक द्वन्द्व तथा अस्थिरतातर्फ धकेल्ने गम्भीर खतरा उत्पन्न गराउनेप्रति हाम्रो गहिरो चिन्ता रहेको छ,’ उनले भने ।
‘नेपाल तरुण दल वर्तमान सरकारलाई यस्ता निर्णयहरू पुनःविचार गर्न, विधि र प्रक्रियाअनुरूप पारदर्शी तथा निष्पक्ष ढंगले अगाडि बढ्न तथा राजनीतिक संहिष्णुता कायम राख्न कडा चेतावनीसहित ध्यानाकर्षण गराउँदछ,’ तरुण अध्यक्ष गुरुङले भने ।
‘देशको स्थायित्व, राष्ट्रिय एकता तथा सामाजिक सद्भाव कायम राख्ने सबै पक्षको साझा दायित्व हो भन्ने हामी पुनः स्मरण गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल तरुण दलले शान्ति, स्थिरता तथा समृद्धिको मार्गमा अधि वढ्न सम्पूर्ण राजनीतिक शक्तिहरूबीच सहकार्य तथा संवाद आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रलाई अस्थिरतातर्फ लैजाने कुनै पनि गतिविधिको सशक्त विरोध गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।’
‘नेपाल तरुण दल सधैंदेखि कानूनी राज्य, लोकतान्त्रिक मूल्य तथा विधिको शासनको पक्षमा उभिदै आएको संगठन हो,’ अध्यक्ष गुरुङले भने, ‘हालको राजनीतिक परिवेशमा जनताको उल्लेखनीय समर्थन र विश्वासका आधारमा वर्तमान सरकारले प्राप्त गरेको जनादेशलाई आत्मसात गर्दै राष्ट्रलाई समृद्धितर्फ अग्रसर गराउने महत्वपूर्ण अवसरलाई गम्भीरतापूर्वक लिन हामी जोडदार आग्रह गर्दछौं ।’
प्रधानमन्त्री पदको कार्यभार सम्हाल्नेवित्तिकै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङले राजनीतिक प्रतिशोध साँध्न एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकलाई शनिबार बिहान भक्तपुरबाट नियन्त्रणमा लिएपछि विरोध भइरहेको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया